शम्भुको सौराह : तरकारी व्यापारदेखि होटल व्यवसायी र हात्तीको मालिकसम्म

मेहनत गरे के हुँदैन ? परिश्रम गर्ने हो आय आर्जन पनि हुन्छ । सुःख सुविधा पनि आउँछ । धन, सम्पत्ति मात्रै होइन नाम र इज्जत पनि पाइन्छ । कामलाई कहिल्यै पनि सानो वा ठूलो नभनेकै कारण शम्भुप्रसाद माली चितवनको सौराहमा जमेर बसेका छन् ।
उनले आफ्नै जग्गामा होटेल रोयल सफारी खोलेका छन् । होटेलमा सुविधा सम्पन्न २२ वटा कोठा बनाएका छन् । होटेलको अगाडि स्वीमिङ पुल पनि छ । पाहुनाहरूलाई खुसी बनाउन उनको सधै ध्यान केन्द्रित रहन्छ । भन्छन्, ‘पाहुनाहरूलाई खुसी बनाउन सक्नु पर्छ । यदि पाहुना खुसी भएनन् भने हाम्रो व्यवसाय चौपट हुन्छ ।’ होटेलमा काम गर्ने कर्मचारीहरूलाई मालीले पाहुनाहरूको ध्यान दिन चौबीसै घण्टा सिकाएका हुन्छन् ।
सौराहको मुख्य बजारमै उनको होटेल रोयल सफारी पर्छ । सौराहको बजारको मुखैमा रहेको उनको होटलमा पार्किङदेखि सबै प्रकारको सुविधा रहेको छ । त्यति मात्रै होइन उनको होटेलमा बहालवाला मन्त्री, विभिन्न दलका नेता, उच्च अधिकारीदेखि सर्वसाधारणसम्म सबै बसेका छन् । सबैको सेवा गर्न मौका पाएको मालीले बताए ।
होटेलमा शम्भुको प्रवेश
शुरुवाती दिनमा शम्भुप्रसाद मालीले सौराहमै तरकारी र फलफूलको सानो पसल गर्थे । त्यही पसलबाट उनले होटेल व्यवसायमा प्रवेश गर्ने योजना बनाएका हुन् । छ वर्षदेखि उनले होटेल व्यवसायी गरिरहेका छन् । पाहुनाहरूलाई उनले गर्ने व्यवहार र सेवाकै कारण होटेल रोयल सफारी सौराहमा नाम चलेको होटेलमा पर्छ ।
शुरुवाती दिनमा उनले ठेक्कामा होटेल चलाएका थिए । त्यस बेलाका दुःखका दिन स्मरण गर्दै भन्छन्,‘ठेक्कामा होटेल लिएर चलाएँ । राम्रो हुँदै गयो । त्यसपछि आफैले जग्गा किनेर होटेल रोयल सफारी शुरु गरेँ । राम्रो भएको छ । गर्नुपर्ने अझैँ धेरै छ ।’ मालीले होटेल व्यवसायमा शून्यबाटै काम थालेका हुन् । माली सौराहकै स्थानीय बासिन्दा पनि हुन् । सौराह जंगल क्षेत्र भएका कारण पर्यटकहरू जंगली जनावर हेर्न र राप्ती नदीमा डुंगा चढ्न आउने गरेको उनको भनाइ छ ।
किन महंगो छ सौराह ?
सौराह रेवानका कोषाध्यक्ष समेत रहेका शम्भुप्रसाद मालीले साधारण पर्यटकलाई पनि सेवा दिने गरेर होटेलहरूले मेनु बनाएको बताउँछन् । ‘देशी र विदेशी पर्यटकलाई ध्यानमा राखेर हामीले मेनु बनाएका हुन्छौँ’, उनले भने, ‘बाहिर हल्ला भए जस्तो महँगो छैन । एसी भएको रुम मेरो होटेलमा २५ सयदेखि ३५ सय रुपियाँसम्म लिन्छ ।’ विदेशी पर्यटकभन्दा पनि आन्तरिक पर्यटकले सौराह पछिल्लो समय चम्किएको उनको बुझाइ छ ।
खानामा पनि मेनु हेरेर ३–४ सयदेखि शुरु हुन्छ । ग्राहकको खानाकोे इच्छा र रुचिअनुसार पैसा लाग्ने मालीले बताए । सौराहमा पर्यटकलाई होटेलहरूले ठग्ने गरेको गुनासो पनि छ नि भन्ने जिज्ञासामा उनले भने,‘हामीबाट त्यस्तो ठगी भएको छैन । कसैले गरेको छ भने रेवानले कारबाही गर्छ । प्रहरी प्रशासन छ । उसले पनि कारबाही गर्छ । आफ्ना पाहुनालाई ठग्ने, दुःख दिने हो भने अर्को पटकलाई व्यापार गर्नु छैन र ?’
सरकारी क्षेत्रबाट समस्या
होटेल व्यवसायमा केही समस्या रहेको उनी बताउँछन् । ‘हामी कर तिर्न जाने गर्छौं त्यस बला सरकारी कर्मचारीबाट दुःख दिने गरिन्छ’, उनले भने, ‘कर तिर्दा त हामीलाई राम्रो व्यवहार हुनुपर्छ नि ?’ सरकारका तर्फबाट होटेल व्यवसाय गर्ने व्यवसायीहरूलाई केही सुविधा गरिदिने हो भने अझै सौराह फस्टाउने थियो भन्ने उनको भनाइ छ । रेवानले सौराहमा सेवा शुल्क हटाएको उनले बताए ।
हात्तीको मालिक
होटेल रोयल सफारीको नाममा शम्भुप्रसाद मालीले आफ्नै हात्ती पनि पालेका छन् । पाहुना र पर्यटकहरूलाई आवश्यक पर्छ भनेर उनले हात्ती किनेर पालेका हुन् । उनले हात्तीलाई ६७ लाखमा किनेका हुन् । हात्ती राख्नका लागि अलग्गै जग्गा र घर पनि बनाएका छन् । हात्तीले मात्रै महिनाको ५० हजारका खाना खान्छ । हात्तीको हेरचाह गर्न दुईजना माउते राखेका छन् । उनले दुईजना माउतेलाई १५–१५ हजारको दरले मासिक तलब दिन्छन् । हात्तीका लागि मात्रै मासिक १ लाख रुपियाँ खर्च लाग्ने गरेको मालीले बताए ।
हात्ती राख्नका लागि पनि राष्ट्रिय निकुञ्जसँग अनुमति लिनुपर्छ । दुई वर्षदेखि उनले हात्ती पालेर राखेका छन् । हात्तीको उमेर चालीस वर्ष पुगेको छ । हात्तीहरूको संरक्षण र अधिकारका लागि सौराहमा हात्ती संघ पनि गठन भएको छ । हात्ती संघको अध्यक्ष ऋषिराम तिवारी हुन् । सौराहमा निजी क्षेत्र अर्थात होटेलहरूले ६२ वटा हात्ती पालेका छन् । जंगल सफारीमा जाँदा सरकारी हात्ती नपाइने भएकाले निजी हात्तीलाई नै पर्यटकले लैजानुपर्ने बाध्यता छ । हात्तीहरू निकुञ्ज आफैले बेच्दैन । निजी प्रयोजनका लागि हात्ति चाहियो भने भारतबाट मगाउनुपर्छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_wlgOlYRhBT_9fyt9gbj54blvrbqvwtlwknzz9hklnrtjjtfoaxkzof0dmdlwd1ojnbkm2di.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_InUN5Os4Og_rfbcdrxjvvstuu9rcrfrmzpxlmsk6wwgtfsqu2tfm1rykozq4m3jbjzouyln.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_QMtfxvKkvo_cnygtlzgfftufhzy1utbjak4igfvlaaboro8ydwrpifqovjxnogxfbit7ijk.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_adKNFOvZDK_8a7c5v38k0mj9gw2gv62ahg6k3qjvzwpvfrens1c0ina7zg6gx9osezrpss0.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_D8YaES01B5_9h7nuo6oowythk4l6iuwtub16eg3hezvvygtjoxirugu1avv0haqwicsoqfm.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_fr5BVCh5EZ_ckadwqgkyhmkt1jlxnfhenzepijnaxtlhy88koclwfcf3ff9hoiyldmcaagt.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_eXIOino9jV_tdnfbmnsaifeyiuk4zn2gywshccnxauafdgnftlqszfb5rx5wkmkuviljyzp.jpg)
प्रतिक्रिया