डा. केसी पक्षका अनसनकारीलाई शिक्षण अस्पतालको चेतावनी

ansan kari

    काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै १६औं पटक आमरण अनसनमा बसिरहेका डा. गोविन्द केसीको विषयलाई लिएर देशभरका चिकित्सकहरु दुई ध्रुवमा बाँडिएका छन् । एकथरि चिकित्सक डा. केसीको जीवन रक्षाको माग गर्दै रिले अनसन मार्फत आन्दोलनमा उत्रिएका छन् भने अर्काथरि चिकित्सकले अस्पतालमा हडताल गरिए प्रतिकार गर्नेसम्मको अभिव्यक्ति दिन थालेका छन् ।

प्रतिकार गर्नेसम्मको अभिव्यक्ति दिने चिकित्सकहरुलाई भने अप्रत्यक्ष रुपमा शिक्षण अस्पतालले पनि साथ दिएको छ । अस्पतालमा नै अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले रिले अनसनका लागि भन्दै अस्पताल प्रागणमा बनाएको टेन्ट रातरात हटाइएपछि अस्पताल प्रशासन पनि कतै डा. केसीको विरुद्धमा लागेको त होइन भन्ने पश्न उब्जिएको छ ।

शिक्षण अस्पताल प्रशासनले अस्पताल हातामा धर्ना नबस्न चेतावनी दिंदादिदै जबर्जस्ती टेन्ट टाँगेर अस्पतालको प्रागणमा सोमबारबाट रिले अनसन थालेको चिकित्सक संघको टेन्ट रातारात हटाइएपछि अशंका पैदा भएको हो । टेन्ट हटाउनासाथ संघले आकस्मिक बाहेकका सेवा बन्द गरेर हड्ताल गर्ने चेतावनी दिइसकेको छ । चिकित्सकहरुले अस्पताल ग्रांगणमा म्याट बिछ्याएर रिले अनसन सुरु गरेका छन् ।

डा. केसीको माग कति जायज र कति नाजायज भन्ने सम्बन्धित नियकाले छानविन गर्ला तर, कुनै एउटा व्यक्तिको बहानामा लागौं जनताल पाउँदै आएको स्वास्थ्य सेवा अबरुद्ध गर्ने चिकित्सकहरुको चाहना भने कुनै पनि हालतमा सहि मान्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित