मुर्ति तस्करीकाे आराेपमा गाउँपालिकाका उपाध्यक्ष पक्राउ

murti chor

    काठमाडौं । झण्डै दुई दशकपछि भएको स्थानिय तहको निर्वाचनपछि जनताको आशा र भारोसाका केन्द्रविन्दु रहेका जनप्रतिनिधिहरु नै तस्करीमा संलग्न रहेको पाइएपछि जनताहरु नै निराश बनेका छन् । हिमाली जिल्ला डोल्पाको डोल्पोबुद्ध गाँउपालिकाका उपाध्यक्षलाई मुर्ति तस्करीमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेसँगै जनता नै निराश बनेका हुन् । डोल्पा प्रहरीका अनुसार गाउँपालिका उपाध्यक्ष मलामटसी गुरुङ प्राचिन बौद्ध मुर्ति तस्करीमा संलग्नता रहेको पाइएको हो ।

शे–फोक्सुण्डो गाँउपालिका ४ को राहाप गुम्बाबाट आठ बर्ष अघि प्राचिन बौद्ध मुर्ति र स्तुपाहरु तस्करी भएको खुलेपनि प्रहरीले तस्करीमा संलग्नलाई पक्राउ गर्न सकेको थियो । प्रहरीको लामो प्रयासपछि केहि दिन अघि डोल्पा प्रहरीले गाउँपालिका उपाध्यक्षलाई पक्राउ गरेको हो ।

गुम्बाबाट हराएका ३८ थान बुद्धका मुर्ति र स्तुपाहरु चोरीमा उपाध्यक्ष गुरुङ्नै मुख्य नाइके भएको जिप्रका डोल्पाका प्रहरी नायब उपरिक्षक अभदेश बिष्टले बताए । प्रहरी अनुसन्धानका क्रममा स्थानीयतहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनुअघि देखिनै मुख्य योजनाकारको रुपमा गुरुङले मुर्ति तस्करी गर्दै आएको खुलेको छ ।

यसअघि मुर्ति तस्करीको आरोपमा काठमाडौंबाट पक्राउ परेका चार जना पनि डोल्पाका नै थिए । शे–फोक्सुण्डो गाँउपालिका ४ का ४१ बर्षिय उर्केन पासाङ, सोहि गाँउपालिका १ का ४१ बर्षिय झयाम्पा छुल्डीम लामा र वडा नं ४ का पासाँङलुण्डुप गूरुङ र्पुपक्षका लागि जेल चलान भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित