सिन्डिकेटधारी सामु झुके मन्त्री बिष्ट, अन्तत:भिएलएनमार्फत मलेसियामा कामदार पठाइयो

gocarnan

 काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विवादास्पद भेन्डर कम्पनी भिएलएनमार्फत मलेसिया कामदार पठाउन शुरु गरेको छ  ।

   नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि १० हजार भिसा लागिसकेका कामदारलाई पठाउने सहमति भएको थियो । तर आफैंले कारबाही गरेका भेण्डरहरु परिवर्तन नगरेसम्म कामदार मलेसिया नपठाउने अडानमा रहेका श्रम मन्त्री गोकर्ण बिष्टले अन्ततः श्रम स्वीकृति दिन बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयलाई सहमति दिएर दुनियाँ हसाउने काम गरेका छन्  ।

 श्रम मन्त्री  बिष्टले नै ठगीको आरोप लागेको भिएलएनमार्फत नै प्रक्रिया पुर्‍याएका युवालाई अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेका हुन ।  २० जनालाई बैदेशिक रोजगार काठमाडौं कार्यालयले श्रम स्वीकृति दिएको छ ।

 मन्त्रालयसँग सहमतिअनुसार मलेसियन दूताबासबाट सोझै भिसा प्राप्त गरिसकेका १० जना र मलेसियाबाट सोझै भिसा प्राप्तीको प्रक्रियामा रहेका १० जना गरी २० जनाको श्रम स्वीकृति दिनका लागि बैदेशिक रोजगार विभागले काठमाडौं कार्यालयलाई २०७५ माघ २ मा पत्र लेखेको थियो । 

 यतिसम्म कि ब्यक्तिगत श्रम स्वीकृति लिएकाले पनि भिसा प्रक्रिया भीएलनमार्फत नै गरेका छन् । भिएलएनका सञ्चालक राम श्रेष्ठविरुद्धको ठगी मुद्दा अहिले पनि उच्च अदालत पाटनमा विचाराधीन छ। भिएलएनको नाममा कामदारबाट अतिरिक्त शुल्क लिएर ठगी गर्दै दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको भन्दै प्रहरीले श्रेष्ठलाई मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित