भक्तपुरको बहुप्रतिक्षित रङ्गशाला निर्माण कार्य अघि बढ्ने

Rangasali Meeting

Rangasali Meeting

भक्तपुर । भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने कामले गति लिने भएको छ । नेपाल सरकारले आगामी तीन वर्षभित्रमा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महत गाउँमा रङ्गशाला निर्माण गर्ने गरि जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमती भएको छ । सिंहदरवार स्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफल पछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने उक्त रङ्गशालाको लागि १ हजारदेखि आवश्यकता अनुसार १५ सय रोपनीसम्मको जग्गा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा सूर्यविनायक नगरपालिकाले व्यवस्था गर्ने भएसँगै भक्तपुरको बहुप्रतिक्षित रङ्गशाला निर्माण कार्य अघि बढ्ने भएको हो ।


उक्त स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकिकरण आयोजना ल्याण्ड पुलिङको माध्यमबाट गरिने भएको छ । जग्गा एकिकरणको माध्यबाट ठाँउ ब्यबस्थापन गरि उक्त रङ्गशाला निर्माण गर्न जनप्रतिनिधिहरुले मध्यमार्गिय बाटो अपनाउने बताइएको छ । जग्गा एकिकरणको लागि सूर्यविनायक नगरपालिकाको वडा नं ८, ९, १० तथा आवश्यकता अनुसार चाँगुनारायण नगरपालिकाको ८ र ९ नं वडालाई प्रयोगमा ल्याउने बताइएको छ । त्यसको लागि तत्काल आवश्यक प्रकृया पुरा जग्गा पहिचान गर्ने र निर्माण प्रकृयालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने सहमति भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको आवश्यक सवै कानुनी तथा प्राविधिक कार्यहरु सम्पन्न गरी अबको १५ दिन भित्रमा डिपिआरको प्रकृयामा जाने समेत सहमति भएको छ ।


कार्यक्रममा युवा तथा खेलकुद  मन्त्री जगतबहादुर विश्वकर्माले सरकारको योजना अनुसार आगामी तिन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनेपर्ने बताए । उनले केही व्यक्तिले उक्त स्थानमा रङ्गशाला बनाउनु नहुने भन्दै जानकारी बताउँदै देशको आवश्यकता, विकास र समृद्धिलाई कसैले रोक्नु नहुने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले रङ्गशाला तथा कर्वड हलको डिपिआर अघि बढाउनुपर्नेमा धारण राख्दै विकासमा राजनीति गर्नु नहुने बताउँदै स्थानीयवासीको समस्यालाई जनप्रतिनिधिले समष्टिगत रुपमा समाधान गर्दै जाने भएकाले सरकारलाई उक्त रङ्गशाला निर्माण गर्दा कुनै समस्या आउन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले नेपाल मजदुर किसान पार्टीले अनावश्यक रुपमा भक्तपुरमा विकास विरोधि कार्यहरु गर्ने गरेको जानकारी गराउँदै विकास विरोधी नगन्य मात्रामा रहेको संख्यालाई सरकारले आवश्यकता अनुसार बल प्रयोग समेत गर्नुपर्ने बताए । उनले भक्तपुर क्षेत्र नं। १ का सांसद प्रेम सुवालले क्षेत्र नं। २ मा आई विकासको विरोध गर्नुको कुनै औचित्य नभएको समेत बताए ा कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले भक्तपुरलाई विकसित बनाउँनका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए ।कार्यक्रममा सुर्यबिनायक नगरपालिका बडा नं ८ का वडा अध्यक्ष किरण थापा सहितको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन