कर्मचारीको ५० करोड डन गोर्खालीको कब्जामा, पुर्व एआईजीको संरक्षण

काठमाडौं । राजधानीको मुटु सुन्धारामा रहेको कर्मचारी सञ्चय कोषको भवन गुण्डा नाइके राजु गोर्खालीले डुबाएका छन् । मलको क्षमता भन्दा बढी टेण्डर कबोल गरी टेण्डर बिट गरेका डन गोर्खालीले टेण्डर अनुसारको भाडा तिर्न नसकेपछि उनको टेण्डर गत साताबाट क्यानसिल भईसकेको छ । तर, उनले गुण्डागर्दी शैलीमा भाडा उठाउन भने छाडेका छैनन् ।
उनले ग्यारेन्टी राखेको रकम भन्दा बढी भाडा उधारो भएपछि कोषले उनको टेण्डर रद्ध गरेको हो । दुई बर्ष अगाडी सञ्चय कोषको व्यापारीक भबन ‘काठमाडौं मल’ मा गुण्डा नाइके गोर्खाली समूहले टेण्डर हाल्दा सबैभन्दा बढी बिड गरी कब्जा गर्न सफल भएका थिए ।
सञ्चय कोषले मासिक ९६ लाख न्यूनतम मूल्य राखी बोलपत्रको आव्हान गरेको थियो । त्यस बेला ११ वटा फर्मले टेण्डर बिड गरेका थिए ।
जसमा गोर्खाली समूहले आफ्नो दुई वटा फर्म दर्ता गर्दै सूर्यदीप ग्रुप नामबाट सबैभन्दा बढि ३ करोड १७ लाख र दोस्रो शिवलक्ष्मी कोजु फर्मबाट २ करोड ७१ लाख मासिक बुझाउने शर्तमा टेण्डर हालेको थियो । गोर्खाली समूहले टेण्डर पारेपछि काठमाडौं मलका व्यापारीहरू सोही बेलामा त्रसित बनेका थिए ।
पहिलो फर्म छाडेर गार्खालीले शिवलक्ष्मी कोजुबाट मासिक २ करोड ७१ लाख कोषलाई भाडा बुझाउने गरी सहमती गरेका थिए । तर सहमतीअनुसार भाडा बुझाउन नसक्दा गोर्खालीको टेण्डर कोषले गत साता रद्ध गरेको हो । कोषले टेण्डर रद्ध गरे पनि गोर्खालीले भाडा बुझाउन व्यापारीलाई उर्जी दारी गर्दै आएको छ ।
तत्काल भाडा नबुझाएर सटर बन्द गर्ने धम्की समेत दिएको पीडित व्यापारी बताउँछन् । उता गोर्खालीको टेण्डर रद्ध भएको खबरले केही व्यापारीलाई भने दशै आएको छ । चर्को भाडा तिरेका व्यापारीलाई केही राहत भएको उनीहरू बताउँछन् ।
९६ लाखमा संचय कोषले टेण्डर अहाव्यान गरेपनि गोर्खाली समूहले तिन गुण बढी टेण्डर बिट गरेपछि व्यापारीको भागभाग भएको थियो । कतिपय व्यापारी गोर्खालीले लागु गरेको भाडा बुझाउन नसक्दा घर न घाटको भएका छन् । गोर्खालीको नेपाल प्रहरीका पुर्व एआईजी विज्ञानराज शर्मासँग उठबस रहँदै आएको छ । शर्माले गोर्खालीलाई संरक्षण दिएका कारण गोर्खाली प्रहरी फन्दामा पर्न नसकेको एक पीडित वताउँछन् । गोर्खाली र शर्माबीच व्याबसायिक साझेदारी रहेको पनि चर्चा हुने गर्दछ। (जनप्रहार साप्ताहिक)

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया