उजुरीका चाङका कारण चोलेन्द्रशमशेरको सुनवाई रोकियो

काठमाडौं । संसदीय सुनुवाई विशेष समिति बैठकमा समय अपुग भएको भन्दै प्रधानन्यायाधीशमा सिफारिश भएका चोलेन्द्र शमशेर जबराले आज जवाफ दिन पाएनन् । आइतबार अपरान्ह सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा आज सुनुवाई हुने बताइएको थियो । चोलेन्द्र शमशेरविरुद्ध उजुरीका चाङहरु थुप्रिएपछि उनको प्रधानन्यायाधीश बन्ने सम्भावना पनि क्षण हुँदै गएको छ ।
दिउँसो २ बजे सुरू भएको सुनवाइको सुरुमा जबराले १५ बुँदे आफ्नो कार्ययोजना पेश गरे । तर, संसदहरुले सोधेको प्रश्नको जवाफ भने दिन पाएनन् ।
चार बजेसम्म पनि संसदहरुले प्रश्न राख्ने प्रक्रिया जारी रहँदा जबराले जवाफ दिन नपाएका हुन् । सांसदहरुले सुनुवाई प्रक्रिया जारी राख्न चाहेपनि सभापति लक्ष्मणलाल कर्णले कर्मचारीहरुको आन्दोलनका कारण देखाउँदै यो सम्भव नभएको भन्दै बाँकी छलफल भोलि ११ बजेलाई तोके । तर, भोली पनि नेपाली कांग्रेसका नेताहरुले नभ्याउने भनेपछि बैठक मंगलबारका लागि सारिएको छ ।
कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोलि मेलमिलाप दिवसको कार्यक्रममा व्यस्त हुने भएकाले आफूहरु उपस्थित हुन नसक्ने बताएपछि पर्सि (मंगलबार) ११ बजेलाई बैठक राखिएको छ । जबराले पर्सि नै जवाफ दिनेछन् ।
१० देखि ४ बजेसम्म भन्दा बढी काम गर्दा अतिरिक्त पारिश्रमिक पाउनु पर्ने माग राख्दै आन्दोलित कर्मचारीले जबराको सुनुवाइमा पनि निरन्तरता दिंदा आजको बैठक ४ बजे नै स्थगित गरिएको हो । कर्मचारीको आन्दोलनले यसअघि संसद र समितिका बैठकहरू पनि प्रभावित हुँदै आएका थिए।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_CzcWZblzVl_fzpkfchftymxaxrj19q8kcspcvrez1ryy8hcxhm8nnlnyaupqnw2kj02zqah.jpg)
प्रतिक्रिया