पाठशाला नेपाल फाउन्डेसनकाे पाठशाला साँझ सम्पन्न

काठमाडौं । पाठशाला नेपाल फाउन्डेसनले नेपाल प्रज्ञा प्रतिष्ठानमा पाठशाला साँझ कार्यक्रम सम्पन्न गरेको छ । साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न उक्त कार्यक्रमको सभापतित्व विद्यालयकी प्राचार्य अनिता कुमारी तामाङले गरेकी थिइन्। उक्त अवसरमा पाठशाला नेपालमा अध्ययनरत कक्षा एकदेखि दशसम्मका विद्यार्थीहरूले गीत, नाच, नाटक र कवितावाचनमार्फत आफ्ना कला प्रस्तुत गरेका थिए ।
कार्यक्रमको प्रमुख आकर्षण भने ‘भ्यागुताको उफ्राइ’ शीर्षकको नाटक रहेको थियो । दस बर्से द्वन्द्वकालमा आमाबुबा गुमाएका अनाथ बालबालिकाका मर्म र पीडाहरूलाई सो नाटकमा सङ्केत गरिएको थियो । साङ्केतिक भाषामा मञ्चन गरिएको सो नाटकमा ‘भ्यागुतो जति उफ्रे पनि कन्लामुनिको कान्लामुनि नै’ भन्ने नेपाली उखानलाई असत्य सावित गर्दै एउटा भ्यागुतो एउटी ऊजस्तै असहाय मातापिताविहीन प्रेमीकाको सहयोगले उफ्रन सक्ने भएको छ ।
कसैको साथ पाए जस्तोसुकै कमजोर व्यक्तिले पनि सफलता प्राप्त गर्न सक्छ त्यसैले हामीले त्यस्ता मानिसहरूलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश बोकेको यस नाटकका लेखक तथा निर्देशक पशुपति राई हुन्। उक्त अवसरमा बोल्दै प्रमुख अतिथि कृष्ण धरावासीले यस्ता प्रस्तुतिहरूले बालबालिकाको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने भएकाले अभिभावकहरूले पुस्तकको पढाइमा मात्र नभएर यस्ता अतिरिक्त पढाइमा जोड दिनुपर्ने कुरा बताए । पाठशाला नेपालले पढाइका साथै अतिरिक्त क्रियाकलापमा जोड दिएकोमा उनले खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक टङ्कराज आचार्यले विद्यालयको लोगो सार्थक शिक्षा सार्थक जीवनलाई सार्थक रूप दिन विद्यालयले विभिन्न समयमा यस्ता क्रियाकलापहरू गर्दै आएको बताए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक इसानसिंह बानियाले विद्यालयको सङ्गीत, नृत्य, साहित्य सवै समूहका शिक्षक साथीहरूको सहयोगले उक्त कार्यक्रम उत्कृष्ट भएको बताए । सो अवसरमा कक्षा तीनमा अध्ययनरत छात्र भार्गव वस्तीको ‘अल द्याट आइ ह्याभ रिटन’ पुस्तकको लोकार्पणसमेत भएको थियो ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_wlgOlYRhBT_9fyt9gbj54blvrbqvwtlwknzz9hklnrtjjtfoaxkzof0dmdlwd1ojnbkm2di.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_InUN5Os4Og_rfbcdrxjvvstuu9rcrfrmzpxlmsk6wwgtfsqu2tfm1rykozq4m3jbjzouyln.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_QMtfxvKkvo_cnygtlzgfftufhzy1utbjak4igfvlaaboro8ydwrpifqovjxnogxfbit7ijk.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_adKNFOvZDK_8a7c5v38k0mj9gw2gv62ahg6k3qjvzwpvfrens1c0ina7zg6gx9osezrpss0.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_rcCjuRHIcg_pxz5i8ceshtd32awauonwbg5w17heyeh4drgousa9aohoinkmuz84mvsxgxw.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_fr5BVCh5EZ_ckadwqgkyhmkt1jlxnfhenzepijnaxtlhy88koclwfcf3ff9hoiyldmcaagt.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_eXIOino9jV_tdnfbmnsaifeyiuk4zn2gywshccnxauafdgnftlqszfb5rx5wkmkuviljyzp.jpg)
प्रतिक्रिया