चोलेन्द्र शमशेरविरुद्ध परे गम्भिर उजुरी, प्रभुले यसरी कमाएका रहेछन् अर्बौको अबैध सम्पत्ति

prabhuchole

prabhuchole

 काठमाडौं। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध गम्भिर उजुरी परेका छन् । उजुरी उपर निस्पक्ष रुपमा छानविन भए राणाको नाम अस्वीकृतसमेत हुन सक्ने संभावना रहेको स्रोतले वतायो। स्रोतका अनुसार चोलेन्द्र शमशेरविरुद्ध परेका उजुरीमा उनका भाई प्रभु शमशेर जबरासमेत मुछिएका छन् । चोलेन्द्र शमशेरले हेरेका अधिकांश मुद्दाहरुमा भाई प्रभुले सेटिङ मिलाएर कमाउ धन्धा चलाएको उजुरीमा आरोप लगाइएको छ।

कहाँबाट आयो यति धेरै सम्पत्ति ? (उजुरीबाट प्राप्त तथ्य )
चोलेन्द्र शमशेरले ऐन, नियम, कानुन भन्दा बाहिर गएर फैसला गर्दै आएका छन् । पैसा पाएपछि उनले कालोलाई पनि सेतो भनेर फैसला गरेका धेरै उदाहरण छन् । तास(जुवा)लाई बौद्धिक खेल भनेर अपराधीलाई उन्मुक्ति दिने काम उनले गरेका थिए ।

 भ्रष्टाचार मुद्दामा सफाई दिनेदेखि धेरै विवादित फैसालाहरु गरी उनले अरव भन्दा बढी सम्पत्ति थुपारिसकेका छन् । चोलेन्द्र शमशेरका भाई प्रभु शमशेर जबराले एक महिलालाई तर्साई बानेश्वरको शिवदर्शन हल भएको घर जग्गा कौडीको मूल्यमा हत्याएर अहिले विशाल सपिङ कम्प्लेक्स निर्माण गरिरहेका छन् ।

 उक्त घर जग्गाको मुद्दामा प्रभुले ती विधवा महिलालाई तर्साइ हत्याएका थिए । त्यसैगरी मुस्ताङ्गी राजा जिग्मेपरवल विष्टको नाममा रहेको ठमेलको अरबौं मूल्य पर्ने जग्गा पनि प्रभुले मुद्दा हार्ने त्रास देखाई कौडीकै मूल्यमा हत्याएका थिए । दाजु न्यायाधीश भएपछि भाई प्रभुको काम नै मुद्दामा विचौलीया बनेर करोडौं रकम डिल हुँदै आएको छ । उनी हर वखत नक्साल र दरबारमार्गका महंगा होटल तथा रेष्टुरेन्टमा मुद्दाको मोलमोलाईमा व्यस्त हुने गरेका छन् ।

 बुढानिलकण्ठ नगरपालिका साविक खड्का भद्रकाली गाविसको हेपाली हाइटमा सशस्त्र प्रहरीको नाममा रहेको ५२ रोपनी जग्गा भूमाफियाको पक्षमा फैसला गर्नका लागि प्रभुले मनोज भेटवाल, दिपक भेटवाल, महेन्द्र श्रेष्ठ, बाबुराम श्रेष्ठ जस्ता विचौलीयाबाट दाजुलाई प्रधानन्यायधीश बनाउनका लागि एडभान्स वापत भन्दै तीन करोड रुपैयाँ बुझिसकेको स्रोतको दावी छ

 । यस्तै अरु बचेखुचेका सयौं रोपनी सरकारी जग्गाका विचौलीया पनि चोलेन्द्र शमशेर प्रधानन्यायाधीश भएपछि आफ्नो पक्षमा फैसला गराउन कुरेर बसेका छन् ।
प्रभु कुनै बेला क्यासिनोमा काम गर्ने सामान्य कर्मचारी थिए । पछि फिल्म सुटिङका क्रममा आवश्यक पर्ने लाइट र कपडा र भाडामा लगाएर जीवन धान्दै आएका थिए ।

 तर, दाजु प्रधानन्यायाधीश भएपछि प्रभुको आर्थिक हैसियत अर्बपति भइसकेको छ । निजामती, प्रहरी, जस्ता सरकारी सेवामा कार्यरत कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने निकाय छन् । तर, न्यायालयमा बसेर यसरी करोडौं करोड सम्पत्ति आर्जन गर्नेहरुको छानविन कसले गर्ने ? यो गम्भीर प्रश्न छ । के प्रभुको सम्पत्ति सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन गर्न सक्छ कि सक्दैन ?

प्रतिक्रिया

सम्बन्धित