होङ्सी र अर्घाखाँची सिमेन्टसहित ५ कम्पनी खारेजीको तयारी, बजारमा गुणस्तरहीन सिमेन्ट बिक्री

काठमाडौँ । गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ५ सिमेन्ट उद्योगलाई कारवाहीको तयारी थालेको छ । विभागले सगरमाथा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सुभश्री जगदम्बा सिमेन्ट, होङ्सी सिमेन्ट र गोरखकाली सिमेन्टमाथि छानविनका क्रममा न्युनतम मापदण्ड पुरा नगरेको र गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको प्रमाणित भएपछि कारवाही गर्न लागेको हो।
सिमेन्टमा हुने म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी भएको भन्दै यी सिमेन्ट उद्योगमाथि कारवाहीको प्रक्रिया सुरु गरिएको हो । विभागले सिमेन्टमा अधिकतम ५ प्रतिशतसम्म एमजिओ अर्थात् म्याग्नेसियम अक्साइडको मात्रालाई छुट दिएको छ ।
तर गुणस्तर तथा नापतौल विभागले गरेको ल्याब टेष्टमा यी सिमेन्टहरुमा म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो । विभागले गरेको नमुना संकलन र परीक्षणका क्रममा यी सिमेन्टहरुमा एमजिओको मात्रा ५ दशमलब ८ प्रतिशतसम्म भेटिएको छ । विभागले उत्पादन नै बन्द गरी उद्योगको सम्बन्धन खारेज गर्नेसम्मको चेतावनी दिएको थियो ।
यी सिमेन्टहरुमा पनि एमजिओको मात्रा बढी भएकाले तत्काल सुधार नगरे उत्पादन नै बन्द गराउने गरी चेतावानी पत्र दिएको हो ।
सरकारले सिमेन्टमा एमजिओको मात्रा ५ प्रतिशतसम्मलाई ठिकै भनेको छ । यद्यपि सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई राम्रो मानिन्छ । अधिकांश विकासशील र विकसित देशहरुमा भने एमजिओको मात्रा ४ प्रतिशत मात्रै राखिएको छ ।
सिमेन्टमा हुने म्याग्नेसियम अक्साइडले सिमेन्टलाई रङ दिने र बालुवा, गिट्टी तथा अन्य वस्तुहरुलाई समात्ने काम गर्छ । सिमेन्टमा हुने यसको मात्रा जति कम भयो, त्यो सिमेन्ट त्यति नै राम्रो मानिन्छ । विभागले गरेको ल्याब टेष्टमा यी पाँच कम्पनीका सिमेन्टमा एमजिओको मात्रा धेरै भएको तथा यसको गुणस्तरमा कमी आएको भन्दै कारवाहीको को तयारी थालिएको हो ।
आफुलाई नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग दाबी गर्ने होङ्सी शिवम सिमेन्ट नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना भएको हो । सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । अहिलेसम्म नेपालमा सबैभन्दा बढी अर्घाखाँची सिमेन्टले सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया