नेपाल प्रहरीले भित्र्यायो घटनास्थलमै पुगेर पोष्टमार्टम गर्न मिल्ने भ्यान

काठमाडौं ।
नेपाल प्रहरीले अपराध अनुसन्धानलाई थप वैज्ञानिक बनाउनका लागि घटनास्थलमै पुगेर पोष्टमाटम गर्न मिल्ने अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेसन भ्यान भित्र्याएको छ । घटनास्थलको सुरक्षा र प्रमाण सङ्कलनलाई प्रभावकारी बनाउन १ करोड ४१ लाख रुपैयाँको लागतमा अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान भित्र्याएको हो । उक्त भ्यान विभिन्न खालका हत्या अपराधमा घटनास्थानमै पुगेर घटनाको सूक्ष्म अनुसन्धान गर्न, घटनाको वैज्ञानिक प्रमाण जुटाउनका लागि प्रभाबकारी हुने बताइएको छ ।
भ्यान आज एक कार्यक्रममार्फत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरिय अपराध महाशाखालाई उपलब्ध गराएका हुन् । प्रहरी प्रधान कार्यालयले भ्यान अपराध महाशाखा प्रमुख धिरजप्रताप सिंहलाई हस्तानान्त्रण गरेसँगै अबदेखि उपत्यकामा भएका हत्याका घटनाहरूको अनुसन्धानका लागि प्रयोग गरिने बताइएको छ । प्रहरीले पहिलोपटक भित्र्याएको सो भ्यानमा आपराधिक घटनाको वास्तविक प्रमाण संकलनका लागि १६ थरी उपकरण बक्स रहेको छ । प्रहरीका अनुसार भ्यान ९६ लाख रुपैयाँका अनुसन्धान सामाग्री खरिद गरिएको तथा भ्यानभित्र सामान निर्माण गर्न ४५ लाख लागेको छ । भ्यानमा १० प्रकारका फरेन्सिक किट सामग्रीहरु जडान गरिएका छन् ।
भ्यानमा भएको किटको प्रयोगबाट अनुसन्धान अधिकारीले रगतको नमुना छरछैन पत्ता लगाउनेदेखि विष्फोटक पदार्थ छ-छैन भन्ने समेत जानकारी पाउनेछन् । त्यस्तै, लागूऔषधको पहिचानका लागि पनि छुट्टै किटको व्यवस्था छ । हाल खरिद गरिएको बा १ ग ३४२६ नम्बरको भ्यानमा एयर कन्डिसन, फायर एस्टिङ्ग्विसर लगायतको सुविधा छन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया