कीर्तिमानी मेसी, पाँचौ पटक जीते गोल्डेन बुट

 

 

 

massi 1

  काठ्माण्डौ । बार्सिलोनाका कप्तान लियोनल मेसीले पाँचौ पटक गोल्डेन बुटको अवार्ड जितेका छन्।
लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै मेसीले पाँचौ पटक गोल्डेन बुट जित्दै कीर्तिमान बनाएका हुन्।
पाँचौ पटकसम्म गाल्डेनबुट जित्ने एक्लो खेलाडी बनेका मेसीले सन् २०१७–१८ को सिजनमा युरोपका मुख्य लिगमा सर्वाधिक गोलकर्ता बनेका हुन्।
अर्जेन्टिनीनी खेलाडी मेसीलाई मंगलबार गोल्डेन बुट प्रदान गरिएको थियो । मेसीपछि युभेन्ट्सकाका लागि पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोले चार पटक गोल्डेन बुट जितिसकेका छन्।
पछिल्लो पटक सन् २०१५–१६ को सिजनमा गोल्डेन बुट जितेका रोनाल्डोले त्यस यता अवार्ड जित्न सकेका छैनन्।
मेसीले जितेका अवार्डहरू
सन् २००९र१०– ३४ गोल
सन् २०११र१२– ५० गोल
सन् २०१२र१३– ४६ गोल
सन् २०१६र१७– ३७ गोल
२०१७र१८–३४ गोल
मेसीले गत सिजन ला लिगाको ३६ खेलबाट ३४ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्।
यस्तै लिभरपुलका सलाहले ३२ गोल गर्दै मेसीलाई पछ्याएका थिए।
यस्तै टोटेनहमका ह्यारी केन सर्वाधिक गोल गर्ने क्रममा तेस्रो नम्बरमा रहे। उनले ३० गोल गरेका थिए।
यस सिजन पनि गोल्डेन बलका दाबेदार मेसीले अहिलेसम्म १६ खेलबाट १४ गोल गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित