मुक्ति योग ध्यान प्रतिष्ठान पनि पातञ्जल योग समिति नेपालमा आबद्ध

Patanjal Tudikhel 1
काठमाडौ  । 
काठमाडौ महानगरपालिकाको केन्द्र भागमा रहेको टुडिखेलको मैदानबाट पातञ्जल योग समितिले थालनी गरेको अभियानलाई सर्मथन गर्दै मुक्ति योग ध्यान प्रतिष्ठानले पातञ्जल योग समिति नेपालमा आवद्ध भएको घोषणा गरेको छ । नेपाल सरकारबाट अनुमति लिई उपत्यका भित्र दर्जनौ योग केन्द्रहरु सञ्चालन गर्दै आएको ध्यान प्रतिष्ठानले १४ औ वार्षिकोत्सवको अवसर पारेर पातञ्जल योग समिति नेपालको अभियान प्रति एैक्यबद्धता जनाउँदै प्रतिष्ठानकी अध्यक्ष गंगा मर्हजनले प्राविधिक पक्षमा आवश्यक छलफल गरि तत्काल एउटै छातामूनि गोलबद्ध भई योग जागरण अभियानमा सरिक हुने बताएकी छिन् ।
कार्यक्रममा योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष वालमुकुन्द सुवालले नेपालको हिमवतखण्ड बाट शुरुवात भएको योगलाई पहिचान दिने गरि थालनी गरेको पातञ्जल योग समिति नेपालको यो राष्ट्रिय अभियानमा सबैको साथ,सहयोग र सहकार्य रहने धारणा व्यक्त गर्नु भएको छ । प्रतिष्ठानका संरक्षक सुर्वणलाल चित्रकारले प्रतिष्ठानको १४ औ वार्षिकोत्सव कार्यक्रमका विच नेपाल,जहाँ गौतम बुद्ध,गोरखनाथ,मच्छिन्द्रनाथ,महर्षि परासर,वेदव्यास जस्ता योगीहरुको तपोभुमि भैरहँदा पनि यसको हेडक्वाटर नेपालमा नभै अन्त कतै हुनुका साथै नक्कली लुम्बिनी बनाउने लगायत धार्मिक पर्यटनलाई दिशान्तर गर्ने तर्फ भैरहेका गतिविधिले नेपालको समग्र विकास निर्माणमा समेत प्रभावित भैरहेको अवस्था प्रति चिन्ता व्यक्त गर्दै राष्ट्रियतालाई अँगाल्दै देशव्यापी योगजागरण गराउने उद्धेश्यका साथ सँञ्चलानमा आएको पातञ्जल योग समिति नेपाल सँग मुक्ति योग ध्यान प्रतिष्ठानकोे आवद्धता प्रति वधाई एवं शुभकामना प्रकट गर्नुका साथ सम्पुर्ण योगप्रेमीजनहरुमा पातञ्जल योग समितिको यो राष्ट्रिय अभियानमा सरिक हुन आहवान समेत गर्नु भएको छ ।

Patanjal:Tudikhel

कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवं राष्ट्रिय कलाकार जयराम केसीले मानवजातीलाई सहि मार्गमा डो¥याउने अन्तिम विकल्प योग रहेको धारणा राख्दै यौगिक संस्थाहरुले आफ्नो अभियानमा सबैलाई अनिवार्य आवद्ध गराउने गरी कार्यक्रमहरु निर्धारण गर्न आग्रह गर्नु भएको थियो ।
त्यसैगरि पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले मुक्तियोग ध्यान प्रतिष्ठानले पातञ्जल योग समितिको कार्यदिशामा सहमति जनाई सँग–सँगै यो। राष्ट्रिय योगयात्रामा सहभागी हुने निर्णयले हामीलाई थप उर्जा मिलेको उल्लेख गर्दै सबैको राय सल्लाहा बमोजिम अगाडिका कार्यक्रमहरु तय गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
त्यसै गरि पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्लेले पातञ्जल योग समिति नेपाल देशभर समान उद्धेश्यका साथ सञ्चालनमा आईरहेका सम्पुर्ण योगिक संस्थाहरु सँग समन्वय सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्नु भयो । कार्यक्रमकै विच महासचिव काफ्लेले सम्पुर्ण योगिक संस्थाहरुको छाता संगठनको रुपमा पनि पातञ्जल योग समितिले नेतृत्व गरि योगजागरण अभियान सञ्चालन गर्न पर्छ भन्ने योग विज्ञहरुको रायबमोजिम ति योगिक संस्थाहरुलाई पातञ्जल योग समितिको व्यानरमा गोलबद्ध हुन आहवान गरिएको वताउनु भएको छ ।
त्यसैगरि मुक्तियोग ध्यान प्रतिष्ठानका वरिष्ठ योग प्रशिक्षक ज्वालाखेल सत्सङ्ग योगका सञ्चालक विष्णु विष्टले पातञ्जल योग समितिनै अव नेपालको योगलाई चिनारी दिने गरि समग्र राष्ट्रिय अभियानको नेतृत्व लिई अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ ।
त्यसैगरि पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य योग प्रसाद आचार्य,केन्द्रिय सदस्य दिपक प्रसाद नेपाल,प्रतिष्ठानका संस्थापक संरक्षक लिलानन्द योगी,महामृत्यूञ्जय योग साधना केन्द्रका वरिष्ठ योग प्रशिक्षक पूर्ण श्रेष्ठ लगायतका व्यक्तित्वहरुले योगको अपरिहार्यताको विषयमा आ–आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित