समाजसेवी भजिन्द्र क्षेत्रीले पाए मानार्थ कोरियन नागरिकता

Korea

सौल
सौल महानगरपालिकाले हरेक बर्ष प्रदान गर्ने मानार्थ कोरियन नागरिकता समाजसेवी भजिन्द्र क्षेत्रीलेलाई प्रदान गरिएको छ । आज बिशेष कार्यक्रम आयोजना गरी क्षेत्रीलेलाई पदक सहित सम्मान गरिएको हो । कोरियले दुई देश विचको संस्कृती आदान प्रदान, सामाजिक, अर्थिक क्षेत्रमा बिशेष योगदान पुर्याए बापत कोरियामा बसोबास गर्ने बिदेशीलाई सम्मानसहित मानार्थ नागरिकता प्रदान गर्दै आएको छ ।
क्षेत्रीसहित यो मानार्थ नागरिकता पाउने नेपालीको संख्या ६ पुगेको छ । सम्मान ग्रहण गर्दै क्षेत्रीले यो सम्मान आप्mनो मात्रै नभएर कोरियामा बसोबस गर्ने सम्पूर्ण नेपाली र नेपालको सम्मान भएको बताए । उनले आफु निरन्तर आगामी दिनमा सुदृढ सशक्त र कोरियाको प्रबिधि बिकाशका नमुना नेपालमा भित्र्याउने नीति रुपमा लागि रहने बताए ।
यसअघि के पी सिटौला, देन्जी शेर्पा ,राजु क्षेत्री, जुनु गुरुङले र हर्क बहादुर गुरुङ ,भिम गुरुङ मानार्थ नागरिकता प्राप्त गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित