एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढ्यो : प्रचण्ड

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गरे ।
शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व भएको बताउँदै अध्यक्ष दाहालले शैक्षिक क्षेत्रका समग्र समस्या समाधानका लागि सरकारले नयाँ नीति ल्याउने तयारी गरेको जानकारी दिए । प्रतिभा पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने, देश विकासका लागि योग्य र दक्ष जनशक्ति तयार पार्न मद्दत पुग्ने शिक्षा नीति बनाइने अध्यक्ष दाहालको प्रतिबद्धता थियो ।
'तीन दिन म्याग्दीमा बस्दा विदेश पलायन हुने यहाँको प्रमुख समस्या रहेको पाएँ' अध्यक्ष दाहालले भने , 'यहाँको प्राकृतिक स्रोत साधनलाई परिचालन गर्ने नीति बनाएर यहीँ स्वरोजगार बन्ने नीति बनाउनतर्फ हाम्रो ध्यान जानेछ ।'
उनले दर्जनौँ स्थानमा प्राकृतिक तातोपानीका मुहान रहेको म्याग्दीलाई स्वास्थ्य पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने विचार व्यक्त गरे । बेनी बजार संरक्षण र बेनी–दरवाङ–ढोरपाटन सडक स्तरोन्नति योजनालाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया