वरिष्ठ वामपन्थी नेता तथा मानवअधिकारवादी अभियन्ता तुलाधरको निधन ,प्रधानमन्त्रीद्वारा दुख व्यक्त

padma_ratna_tuladhar final
काठमाडौं । वरिष्ठ वामपन्थी नेता तथा मानवअधिकारवादी अभियन्ता पद्मरत्न तुलाधरको आइतबार निधन भएको छ ।
तुलाधरको ७७ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा आज निधन भएको अस्पतालले बताएको छ । मष्तिस्कघात भएर कात्तिक ९ गते अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका उनलाई मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात, मुटुको समस्या एंब मुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो । त्यस्तै उच्च रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित उनमा पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको थियो ।
नर्भिकमा डा.पंकज जलान, डा. रमेश चोखानी डा.यादव भट्टलगायतको चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जाँच गरेको थियो । आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीद्वारा दुख व्यक्त
वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्विट गर्दै लेखेका छन् ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_ttZ8cbDLhm_7ppv8kdo2mzepqngqen19u3phetplojp9i8i4fstbjummyt750qz53aq65jo.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_zSCyk1bk4s_vmtabnnnxzvuzufzflbc0vmpntb82gbl0t1fu5rkkfcszv0why4kc2lote9h.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_T98h8BlFp0_adcqiftxmdqvrkhpp1abiz7obausslepspbcmghmccyint50whtxu0rtpp1n.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_QKaBNsBahS_iotvufzgfmwv98ri6iqpsktgm7w4oqjpo8jiidmllvznafyof9dvyeocli1v.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_kumDmhlRXh_3ub3stufj6e1lzyfsklyi5h2tlu0i0pagiljl3fzjdjearizzo21qckni644.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_35hoZkoUbU_dhccspyw3kp0dextrryj45cadnkn3vj31rw8fjh2szzwhvgdg1bwkq10n9gf.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_bW14xCAf87_hmsyfjnjjrjqjgnuygvbljflybxzzlupmllrwram59dpyaujxu06fg9lo6di.jpg)
प्रतिक्रिया