हनुमन्ते नदी सफाई अभियानमा उल्लेख्य सहभागिता, एक वर्षभित्र स्वच्छ बनाइने सांसद बस्नेतको दावी

भक्तपुर । ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुला नाराका साथ शुरु भएको हनुमन्ते नदिको सफाई अभियानको ३६ औं हप्तामा आज भक्तपुरको ठिमीस्थित बालकोट जोड्ने ट्रस्ट पुलको आसपास सफाई गरी भव्यताका साथ सम्पन्न भएको छ । स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको आजको सफाई अभियानमा करिव ८ टन फोहोर संकलन गरिएको थियो ।
सरसफाई अभियानको कार्याक्रमलाई सम्बोधन गर्दै नेकपाका युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हनुमन्ते नदीलाई आगामी एक बर्ष भित्र स्वस्छ बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । साथै उनले नदीलाई ढलमुक्त बनाउने पनि बताए । भक्तपुरलाई सफा, सुन्दर, शान्त, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गरिने बताउँदै सांसद बस्नेतले सरकारले सन् २०३० सम्ममा देशलाई फोहोरमुक्त बनाउन अगाडि सारेको अभियानलाई पनि सँगसँगै लैजाने बताए ।
सांसद बस्नेतका अनुसार नदी सफाइ अभियानलाई तीन चरणमा वर्गिकरण गरेर काम भइरहेको छ । पहिलो चरणमा नदीको किनार तथा राजमार्ग केन्द्रित सरसफाई गरिएको बताउँदै उनले दोस्रो चरणमा भने हनुमन्तेलाई ढलमुक्त बनाउने अभियान सुरु गरिने बताए । त्यसैगरी तेस्रो चरणमा नदीको दायाँ बायाँ करिडोर निर्माण गरी शहर र बस्ती केन्द्रित सरसफाई अभियान चलाएर जिल्लालाई नै फोहोरमुक्त बनाइने जानकारी गराए ।
कार्यक्रममा हनुमन्ते नदी सफाई अभियानका संयोजक एवम् सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, प्रदेश नं. ३ का सांसद शसीजंग थापा, जिल्ला समन्वय समितिका सभापति नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, मध्यपुर नपाको उपप्रमुख अञ्जना मधिकर्मी, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नागरिक समाज, नागरिक अस्पताल, पातञ्जल योग समिति, स्थानिय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरु गरी करिव तीन सय जनाको सहभागिता रहेको थियो ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_x7Ybud6hMg_2fzm2fef0k8av1cmcz98hxqa5zatqo65dsfuulcxuocrgwysz2ug9ckunwhb.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_6so3tsgK5A_kmbcxna6hofyccs0icwjterwabj0xj9knmkkzyqffqlxi8fdivkaxdhoksjr.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_fldspI2SGF_vtpgc33zdlhb0pwldihnzned7ide7hw9sgy6alv58oujbtvoyjqeq86waa62.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_q13S7VjmtF_tynlswuufbhuvikrysxfm3tnemueydtwq0j8dbicdkfytyclfkpjtugjfgrb.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_nBZ25fgB6f_llj1bwvozhmmmyfxlikbnjuqkopa9ifunlqerfo4mek0hdk3m1rdqyrfbzn5.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_FaaIOIbhKl_nqyhxlhbonvyrj5gxqxyhind4xtgzzb2gcefqiu9j1dcquiktwekk5vnkhox.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_D3yAyKTNVn_ih5zcukzaen4nzvwtnoy9d9lztfmphvlzbvcma1pofn7hvchpdvsd9eg3pg1.jpg)
प्रतिक्रिया