सुटर रानाको खुलासा : घैंटे इन्काउन्टरको बदला लिन समिरमानले प्रहरीमाथि नै आक्रमणको योजना बनाएका थिए

samir ko samuha

samir ko samuha

   काठमाडौं । सिंगो सुरक्षा व्यवस्थालाई नै चुनौती दिने गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गर्ने डन समिरमान बस्नेतको समूहले प्रहरीमाथि नै आक्रमण गर्ने योजना बनाएको खुलेको छ । गत सोमबार प्रहरीले सार्वजनिक गरेका बस्नेतका सुटरहरु अम्बरबहादुर राना, रोशन बुढाथोकी र लोप्साङ भनिने सोम तामाङले प्रहरी अनुसन्धानका क्रममा हाल भिमफेदी कारागारमा रहेका साजन गुरुङ र कारजोन गुरुङसँग भारतमा रहँदा समिरमानले नै चिनजान गराएको खुलासा गरेका हुन् ।

प्रहरीका अनुसार हत्या र असुलीका मास्टर माइन्ड बस्नेतले साजन र कारजोनको छुट्टै समूह बनाएका थिए भने राना, तामाङ र बुढाथोकीलाई अर्को समूहमा राखेर अपराधको साम्राज्य खडा गरेका थिए । त्यस्तै, रमेश बाहुन समूहमा रहेका बोका भन्ने गंगा लिङ्देन र अजय थापालाई पनि बस्नेतले छुट्टै प्रयोग गर्दै आइरहेका थिए ।

महानगरीय अपराध महाशाखामा प्रहरीले सार्वजनिक गर्नु अघि नेपाली सेनाका भगौडा रहेका सुटर रानाले गुण्डा नाइके मिलन चक्रे र काजी शेर्पामाथि आक्रमणको योजना भने समिरमानको निर्देशनमा लिङ्देनले बनाएको बताएका थिए । रानाका अनुसार कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि बस्नेतले इन्काउन्टर गर्ने प्रहरीमाथि नै आक्रमण नगरे आफूहरु बाँच्न नसक्ने भन्दै साजन र कारजोनमार्फत प्रहरीमाथि नै आक्रमणको योजना बनाएका थिए ।

२०७२ भदौ ३ गते घैंटे मारिए लगत्तै बस्नेत भारत पुगेर लुकीछिपी बसेका थिए । त्यसपछि उनले घैंटेलाई इन्काउन्टर गर्ने महाशाखाको टोलीलाई नै आक्रमण गर्न साजन र कारजोनसहित केही भारतीयलाई खटाएका थिए । तर, महाशाखाले मुख्य योजनाकार साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई पक्राउ गरेपछि बस्नेतको योजना तुहिएको थियो । प्रहरीमाथि आक्रमण गर्ने योजना उनीहरुले बनाएको टेलिफोन रेकर्ड तथा एसएमएसहरु प्रहरीले फेला पारेको थियो ।

बस्नेत समूहले भारतीयलाई केही दिन कीर्तिपुरमा ल्याएर राखेको सूचना चुहिएपछि उनीहरु भागेका थिए । त्यसका लागि १० लाख रुपैँयाको डिल भएकोसमेत अनुसन्धानमा खुलेको थियो ।

प्रहरीलाई समेत आक्रमण गर्ने योजना बनाउने बस्नेतको गिरोहले मनोज पुनको नाम भजाएर आफूलाई सुरक्षित राख्न खोजेको पनि थियो । तर, अनुसन्धानका क्रममा मनोज पुन र बस्नेत मिलेर हत्या योजना र फिरौती असुलीमा सँगै संलग्न रहेको खुलिसकेको छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा हालका एआईजी पुष्कर कार्की प्रमुख छँदा फिल्मी शैलीमा बस्नेतलाई मात्र भारतबाट नेपाल ल्याई सार्वजनिक गरेका थिए । बस्नेतलाई सार्वजनिक गरेर कार्कीले चर्चा कमाए पनि बस्नेतका आपराधिक क्रियाकलापको भने उनले अनुसन्धान नै गरेनन् । जसको परिणाम अहिले देखा परेको एक प्रहरी अधिकारी दावी गर्छन् ।

गौचन र दुर्गा तिवारीको हत्या तथा दावा लामामाथिको गोली काण्डपछि बस्नेतले काठमाडौंमा ठूलो घटना गराउन खोजेको गोप्य सूचना पाएपछि गृह मन्त्रालयको सिफारिसमा कारागार विभागले बस्नेतलाई मुस्ताङ कारागार चलान गरेको थियो । प्रहरीले बस्नेत र सुटरहरुबीचको सम्पर्क टुटाएपछि मात्र उनीहरु पक्राउ परेका हुन् ।

मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएपछि बस्नेतले गरेका अपराधका कर्महरुलाई पुनमाथि थोपरेर कार्की नेतृत्वको सिआईबीले बस्नेतमाथि गहिरो अनुसन्धान नगरी लामो समय सिआईवीमा राखेको थियो । बस्नेतलाई गौचन हत्याको अनुसन्धानका लागि तत्कालिन डिआईजी गणेश केसी नेतृत्वको उच्चस्तरिय समितिलाई नबुझाएको भन्दै विवाद भएपछि मात्र समितिमा बुझाएका थिए । बस्नेत पक्राउ पछि उनीसँग बरामद् विद्युतिय उपकरणहरु मोवाईल, ल्यापटप र फोन रेकर्डहरु समेत रहस्यमय रुपमा प्रहरीले लुकाएको थियो ।

बस्नेत र पुन नेपालबाट पलायन भई गोवामा खानेपानीको प्लान्ट राख्नका लागि नेपालबाटै करोडौं रकम उठाएको अनुसन्धानका क्रममा फेला परेपनि प्रहरीले भने उक्त विवरण लुकाएको थियो । भारतमा रहँदा पुन र बस्नेतले योजनावद्ध रुपमा विभिन्न समूहहरु बनाई नेपाली व्यवसायीहरुबाट रकम असुल्दै आएका थिए । गौचन हत्या र गुण्डा नाइके दावा लामा माथिको गोली काण्डको जिम्मा लिने लोप्साङले प्रहरी र विभिन्न व्यक्तिलाई इन्टरनेट कलमार्फत फोन गरेका थिए ।

गौचनको हत्या लगत्तै बस्नेत समूहले काठमाडौं, बुटवल, पोखरा र चितवनका दर्जनौं व्यवसायीहरुलाई इन्टरनेट कल मार्फत फोन गर्दै पैसा मागिएपछि देशभरका व्यवसायीहरु आतंकित बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन