शरद गौचन हत्याका मुख्य सुटर पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचन हत्याका मुख्य सुटरहरुलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले २०७४ साल असोज २३ गते सोमबार करिब तीन बजेतिर नयाँ बानेश्वरस्थित ठूलो खरिबोट नजिक गौचनमाथि गोली प्रहार गरि फरार भएका तीन अभियुक्तलाई पक्राउ गरेको हो ।
गौचनमाथि गोली प्रहार गरी फरार भएका सुटरहरु अम्बरबहादुर राना मगर, लोप्साङ राई र रोशन बुढाथोकीलाई आज महनगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।
मनोज पुन र समिरमानसिंह बस्नेतको मूख्य योजनामा गौचनमाथि गोली प्रहार गरेर फरार भएका उनीहरुलाई प्रहरीले एक वर्षपछि आज पक्राउ गर्न सफल भएको हो । पुन प्रहरी इन्काउन्टरमा मारिए भने बस्नेत सोही काण्डमा जेल जीवन विताइरहेका छन् । बस्नेत र पुनकै सल्लाह बमोजिम उनीहरुले काम गर्दै आएका थिए । पुनको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि उनीहरु जेलभित्र रहेका बस्नेतसँग सँठगाँठ गरी अर्को हाई प्रोफाइल हत्या गर्ने योजना बनाएको प्रहरीसमक्ष सूचना पुगेको स्रोतको दावी छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
अम्मरबहादुर राना तिनै व्यक्ति हुन् जसले बस्नेत र पुनकै सल्लाहमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए भने काभ्रेली गुण्डा नाइके दावा लामामाथि पनि गोली प्रहार गरेका थिए । उनी नेपाली सेनाका भगौडा समेत हुन् ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_M0I8Z5DvaB_2xwjfljsjrwhkjkdhtmiugtxc0nfirhila4nz6e3jpox2gjcrkxhvdcdgtjg.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_L65aw9RbU2_yivi8vz1xu0l2x71yzapvebt1b0rpfrphmmefqknkix1s2ljqf8jtk0g34lq.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_CdazN941pv_9gwiqwhxvjqzlk5w77cr1ziruyywg9hmzdnorw4csaeg06ff8tfpw2ch6lds.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_444Z1FvUGZ_z6uecrazu0hgqiog8qghzirv6pv7xxmhrw57yhwdgkfrnmujij9a6ieuvhdw.jpg)
प्रतिक्रिया