राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ५ दिने कतार भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन् । भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
भ्रमणका क्रममा कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नेमन्त्रालयले जनाएको छ । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्नेछन् ।
यस्तै राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । त्यस दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् । भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_O3dVBKn3g5_3yziqztoudptojcem0qdjit4g1pkhqzle4atqyhnqjpomzmmtm60kzwnxuuy.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_Yqx8FTZcdp_krmc8f1eruglukwfad76vtdttnanjqde0rozifekrtmwvhbhvk1eprhieerz.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_1DvE8hicn7_jis3s1m7wlyuevilss8zdf7o5efdid4zevea88ndnqt2snvleixb6icgizob.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_1r5jdxsr95_vnwp3z5jjwbx0v3cbkjztrnlwzx6wfvjfvgf2lget9qu9pjfstvfvtsbqfi0.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_yOqHk0oKUY_ld6dpujqvx8xsceesmzmop3ds95ixdegjddctybfhdzguigh8p9upcmjyjj7.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_nr4WLTEuTW_prbbobkz6aadgajtbafynrfnsfld1tqzpgdfeywljuxotdfkgtop9vra9rw9.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_NgUF1EDWWT_sde5lv3mnyjyvzuw6qifqqkrsitdj587hogagyy0e7bw1viavd0miki3smhk.jpg)
प्रतिक्रिया