७७ वटै जिल्लामा नेपाल प्रहरीको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ शुरु (भिडियो सहित)

काठमाडौं । ‘हर प्रहर गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारासहित नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले काठमाडौंको भृकुटीमण्डपबाट आज एक कार्यक्रमको आयोजना गरी ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ सुभारम्भ गरेको हो। कार्यक्रमको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरे।
‘हर प्रहर गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारासहित देशैभर आजबाट यो अभियान सुरु भएको प्रहरीले जनाएको छ। कार्यक्रमको शुभारभ्भ गर्दै गृहमन्त्री थापाले पनि शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालले शान्तिपुर्ण एवम् सुरक्षित समाज निमार्ण गर्नका लागि नयाँ अवधारणासहित नयाँ कार्यक्रम अघि सारिएको बताए। आईजीपी खनालले यस अभियानमा स्थानीय तह र नेपाल प्रहरी प्रमुख साझेदारी हुने र त्यसमा स्थानीय तहका संघ संगठनलाई एकजुट बनाएर समितिहरु गठन गरी काम गरिने जानकारी गराए ।
माध्यमकि तहको अध्ययनपछि १६ देखि २५ वर्ष उमेरका युवा अपराध फस्ने गरेको प्रहरी रेकर्डले देखाएको बताउँदै आईजीपी खनालले यस अभियानमा विद्यालय पनि सहभागी गराइएको बताए। विद्यार्थीहरुलाई यस अभियानले रक्षात्मक र प्रतिकारात्मक हुन सिकाउने खनालको दाबी छ।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले समुदायसँगको साझेदारीमा सबै प्रकारका सामाजिक दुव्र्यवहारको सामना गर्दै सभ्य समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए। ‘नेपाल प्रहरीले संघीय, प्रान्तिय, जिल्ला र वडा स्तरमा महिला हिंसा, साइबर क्राइम, वातावरण प्रदूषण नियन्त्रणका लागि जागरण अभियान सञ्चालन गर्ने छ’, उनले भने।
कार्यक्रममा गृह सचिव प्रेम कुमार राई, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उच्च पदस्थ प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_CzcWZblzVl_fzpkfchftymxaxrj19q8kcspcvrez1ryy8hcxhm8nnlnyaupqnw2kj02zqah.jpg)
प्रतिक्रिया