हनुमन्ते सफाइ अभियान ३५ औ हप्तामा

Hanumante Cleaning

Hanumante Cleaning

भक्तपुर
२०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरुवात गरिएको हनुमन्ते सफाइ अभियान ३५ औ हप्तामा प्रबेश गरेको छ । उठौ, जागौं हनुमन्ते नदी सफा गर्न सवै लागौं भन्ने मुख्य नाराका साथ प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले २०७५ साललाई हनुमन्ते सफाइ वर्षको रुपमा मनाउने घोषणा गर्दै शुरु गरिएको महाअभियान निरन्तरता पाएसँगै आज भक्तपुर जिल्लाको लोकन्थली बुढाथोकी गाउँ राम मन्दिर नजिकको पुलमा सफाई गरिएको हो । नेपाल सरकार , सघिय मामिला तथा स्थानीय सचिव श्री दिनेश कु  थपलियाज्युको प्रमुख आतिथ्यमा सम्पन्न सफाई कार्यक्रममा विभिन्न सामाजिक सघसस्था र २५० अभियान्ताहरुको सहभागिता रहेको थियो । नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरीबल , जीवन बिज्ञान , नेप्सेम्याक , नेपाल फुलबारी , वेभ ग्रुप , पातन्जल योग समिती भक्तपुर , नागरिक सामुदायिक शिक्षण अस्पताल , माउण्ट भ्यु बोर्डिङ स्कुल , क्याप नेपाल , कलकल ग्रुप , नेपाल रेडक्रस सोसाइटी बालकोट , युरासिया रेयुकायु , बालकोट साकोस , महिला अभियान साकोस , समाजका लागि हामी , नेपाल इभेण्ट म्यानेज्मेण्ट भक्तपुर , मिस भक्तपुर सिजन -२ बिजेता सुश्री रोशिका देउजा र स्माइल टाइटल बिजेता सुश्री सुजु धामी लगायत विभिन्न सामाजिक सघसस्था सहभगितामा ४५० टन सकलित फोहर ब्यवस्थापन गर्ने कार्य गरिएको हो । कार्यक्रममा अभियानका सह संयोजकद्वय श्री अन्जना देवि मधिकर्मी , श्री जुना बस्नेत ,अभियानका उत्प्रेरक श्री रुद्र पौडेलको को बिशेष सहभागिता रहेको थियो ।

Hamumante Cleaning 1

Hamumante Cleaning 1

Hanumante 4

Hanumante 4

Hanumante 5

Hanumante 5

 

प्रतिक्रिया

सम्बन्धित