भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बन्ने ,अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बन्नु गौरबको बिषय - सांसद बस्नेत

Mahesh-Basnet_r6C3pK9qcV
काठमाडौ
सरकारले भक्तपुरमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने भएको छ । मन्त्रिपरिषद् बैठकले भक्तपुरस्थित नागरिक उड्डयन प्राधिकरणको जग्गामा सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने निर्णय गरेसँगै भक्तपुरमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बन्ने निश्चित भएको हो । उक्त भवन बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ९आइसिसी० भन्दा अढाई गुणा ठूलो हुनेछ। जी सिने अवार्डका लागि भन्दै सहरी विकास मन्त्रालयले प्रिफ्याब संरचनाको सम्मेलन केन्द्र बनाउने प्रस्ताव गरेता पनि उक्त प्रस्तावमा मन्त्रिपरिषदले ठूलो, स्थायी तथा सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने निर्णय गरेर गरेको हो । मन्त्रीपरिषद्को निर्णयसँगै सहरी विकास मन्त्रालयले आवश्यक प्रकृया अघि बढाइसकेको छ ।
पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलेको बिशेष पहलमा निर्माण हुन लागेको उक्त स्थानमा १सय८९ रोपनी क्षेत्रफलमा पाँच हजार क्षमताको हुने बताईएको छ । उक्त सभाहल बानेश्वरको अन्तराष्ट्रिय सभाहल भन्दा अढाई गुणा ठूलो बन्ने भएको छ ।
मन्त्रिपरिषद् निर्णयको स्वागत गर्दै पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको ठूलो सम्मेलन केन्द्र बन्नु गौरबको बिषय भएको बताउँदै विकास निर्माणका कार्यमा विरोध नभई साथ र सहयोगका गर्न सवैमा आग्रह गरेका छन् । उनले राष्ट्रिय गौरवका आयोजनाहरु भक्तपुरमा आउनु आम भक्तपुरवासीकोलागि नै इतिहासकै ठूलो उपलब्धी भएको बताए ।
बस्नेतले भक्तपुरमा सभागृह मात्र नभई अन्य राष्ट्रिय गौरवका आयोजनाहरु समेत क्रमश निर्माण हुने बताए ।उक्त भवन निर्माण गर्न करिव ५० करोड लाग्ने अनुमान गरिएको छ । यो आर्थिक वर्षमा भवनको डिजाइन समाप्त गरी टेण्डरको कार्य समाप्त गर्ने र आगमी आर्थिक वर्षदेखि भवन निर्माण कार्य शुरु गर्ने मन्त्रालयले जनाएको छ । यसअघि भक्तपुरका स्थानीयले प्रिफ्याब भवनका लागि स्थानीय पूरातात्विक सम्पदा मास्न लागेको भन्दै विरोध गरेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्ष अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग साट्न खोजेको जग्गामा सरकारले अब अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनन लागेको हो ।
प्राधिकरणले तीन वर्ष अगाडि अख्तियार प्रमुख लोकमानसिंह कार्की हुँदा प्राधिकरणका तत्कालिन महानिर्देशक रतिशचन्द्रलाल सुमनले यो जग्गा अख्तियारसँग साट्न खोजेका थिए । प्राधिकरणको १९८ रोपनी यो जग्गा मध्ये १०० रोपनी जग्गा अख्तियारलाई दिने र अख्तियारको हाल कार्यालय रहेको नक्सालको १४ रोपनी जग्गामा बनेको भवनसहितको संरचनासँग साट्ने प्रस्ताव अगाडि बढेको थियो ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_ys2PxkJOLl_i85fn4m9annhshhcrbahrj8lrkcwhyn99tpgceuvsnht7xeyafsgfzoc6nb0.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_74nnOCerUd_8rgk7mal5o4bkytzcctzlmtxynu3wcfvhajpmnqxdyx9umtifenismsbx6an.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_7E35SueKy8_xwwincclqbhiiozzdmlqeiqz9jh74wvpiz2nkwztb8z01ljri3pukrk2yu46.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_kRbQ3s6c5V_jite2ti9ha6p4hwjz7krc7szlzu5m6gkceyntyasccplr0ve9tuqnshgxudd.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_nYBx7CRLDJ_rcjcxejqvefssegsstihcxy9uch66bcar0hyfuumt8hqynbrangjgrbmvxjw.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_lIdUoETZtX_srldx6xexu32c2gdnql2zue9y25wddf4zen9bpj1cgoqk1sl5vis0qcjocct.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_xPQscUGhzD_fg3kacuq3dlxm4yurmo365cbayvjzilh9sskfogbxx0tk6ugwwpeg3pi4ikf.jpg)
प्रतिक्रिया