दशैंको मुखमा यात्रुवहाक बस दुर्घटना, तीनको मृत्यु, झण्डै चार दर्जन घाइते

nuwakot

nuwakot

   काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीको पाँच दिन अघि आज सिन्धुली र नुवाकोटमा यात्रुवहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने झण्डै चार दर्जन घाइते भएका छन् । सिन्धुलीको मुलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परि ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवले बताए ।

सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको हो । बसमा अन्य पनि सवार रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ । गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटना के कारणले भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी नुवाकोटको फेदीखोलामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने ३५ जना घाइते भएका छन् । अहिले उद्दार कार्य जारी छ।

मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । खरानीटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्वर यात्रुबहाक बस दुर्घटना भएको हो। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै भोजपुरको टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँचधारेबाट किराना पसलको सामान लिएर घरतर्फ जाँदै गर्दा शेर्पाको को२त ४६१८ नं को ट्याक्टरबाट खसेर मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन