अहिलेको दुई तिहाइको सरकारको सदुपयोग नभए मुलुक फेरि ६० बर्ष पछाडि धकेलिन्छ : सांसद बस्नेत

भक्तपुर
पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अहिलेको दुई तिहाइको सरकारको सदुपयोग नभए मुलुक फेरि ६० बर्ष पछाडि धकेलिने बताउनु भएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर १ स्थित सिम विरुवा ‘खानेपानी ट्याङ्की’ शिलान्यास गर्दै बस्नेतले २०१६ सालमा नेपाली काँग्रेसको दुई तिहाइको सरकारको सदुपयोग हुन नसक्दा मुलुक ६० बर्ष पछाडि धकेलिएको प्रसंग स्मरण गर्दै यदि अहिलेको दुई तिहाइको सरकारको सदुपयोग हुन सकेन भने मुलुक फेरि ६० बर्ष पछाडि धकेलिने बताउनु भएको हो । कार्यक्रममा सम्बोधन गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि पूर्वाधारको विकास गर्दै एक दिनमा एउटा विकास निर्माणका कार्यहरु गर्ने आफ्नो महत्वकाक्षी योजना रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार दुई तिहाईको रहेकाले आगामी दिनमा जनतामा आशा, उर्जा र उत्साह थपिने र उक्त कार्यलाई कसैले रोक्न नसक्ने दावि गर्नुभयो । ४५० घरधुरीलाई खानेपानी वितरण गरिने योजनाका साथ शिलान्यास गरिएको उक्त ट्याङ्की तीन करोडको लागतमा दुई लाख २५ हजार लिटर क्षमताको हुने जनाईएको छ ।
प्रदेश नं ३ का सांसद शसिजंग थापा, नेपाली काग्रेसका पूर्व सभासद् लेखनाथ न्यौपाने, खानेपानी डिभिजन कार्यालयका प्रमुख शिबेन्द्र झा, सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानुकाजी कायस्त, स्थानीय जनप्रतिनिधि तथा सरकोकारवाला व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,’ सरकार गठन भएको ७ महिनामा सरकारका विरुद्धमा अनेकखालका भ्रम फैलाउने काम भएको छ , कहिले गोविन्द केसीको नाममा त कहिले करको बिषय उठाएर सरकारको बद्नाम गराउने काम भएको छ तर सरकारले समृद्ध नेपाल बनाउने लक्ष्य प्राप्त गरेरै छाड्ने छ ।
जिल्लाको समग्र विकासका सन्र्दभमा आफूहरुले व्यवस्थित रुपमा खाका बनाएर अघि बढिरहेको र अन्य जिल्लाको तुलनामा भक्तपुरमा धेरै विकासका काम अगाडि बढेको बताउनुभयो ।
जिल्लामा खानेपानी, सडक र ढलको विकासमा उल्लेखनीय रुपमा विकास निर्माणका कार्यहरु भइरहेको बताउँदै बस्नेतले विगतमा भक्तपुरमा मेलम्ची खानेपानीको योजना पर्न नसकेतापनि दोश्रो चरणमा केपी ओली नेतृत्वको सरकारले भक्तपुरमा पाण्डुबजारको हाइट र टिकनी बोडेमा खानेपानी ट्याङ्की बनाएर जिल्लालाई मेलम्चीको खानेपानी ल्याउने वातावरण बनेको बताउनुभयो ।
अहिले तेश्रो चरणमा पनि सूर्यविनायको बालकोट, सिरुटार, दधिकोट, गुण्डू र सिपाडोलका माथिल्लो भूभागमा मेलम्चीको खानेपानी ल्याउने भनेर ४ करोडको बजेट छुट्याएर यसको डिपिआर प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_kC8XBRnC51_xezlotnv2tqmb1s2jbch5ww6vyr6aki3j7pvosx8z3ptgnxll6moedebn2sr.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_lH0FqVOaGW_qiighkegc0jofttblj7joiqbfljbbhi1rmfu0twjuwas5m1kpzrfumzo7xpj.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_qa3CSTNXEf_iyynooora9qntk0cbqzetcelssx2v36whvkn69ehck2epyfzmkyfbqihvjc3.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_t0uymY3Nou_yzp6gzose6s3xdvqajsskl2s2kao9wxqlelvht1fswvr5287okalqfkjvsdn.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_M0B6PKxpTR_wm9leadmt4gciiy63of9o6jh6idmwo31x4o1csud9netrjbrm4xsl8bpazny.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_CYgD7fC44p_s94kha7d4aar3s2pztyxnqsmj2sxnnoyxo8yhmfbmdipccyzmsst3dtze4he.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_OjfmeVCipp_c5ycmxbkndbninrxbv8m7daefj9k2sgbwaw5imxshduzsxoi5pltwv4tidk3.jpg)
प्रतिक्रिया