नविनाले आईजिपी बर्खास्तको माग गर्दा नेकपाका विद्यार्थी संगठन भित्र विवाद

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिसट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनालको बर्खास्ती माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि विद्यार्थी संगठनभित्रै विवाद उत्पन्न भएको छ ।
तत्कालिन एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीभित्र विवाद भएको हो । बिहीबार विहान सांसद समेत रहेकी अनेरास्ववियु अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले गृहमन्त्रीलाई भेटेर आईजिपीलाई बर्खास्त गर्न माग गरेको थियो ।
तर, सत्तारुढ दलका विद्यार्थी संगठनले नै आईजीपीको राजीनामा र बर्खास्ती मागिनु सरकार विरुद्धकै कदम भएको भन्दै दुवै संगठनका अन्य नेताले आपत्ति जनाएका छन् । अनेरास्ववियुका महासचिव ऐन महर र अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले गृहमन्त्री समक्ष बुझाइएको ज्ञापनपत्र र आइजिपीको बर्खास्तीको माग संस्थागत निर्णय नभएको दावी गरेका छन्।
पुनले दुईचार दिनको सस्तो लोकप्रियताका लागि यस्ता गैरजिम्मेवार कामामा नलाग्न नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । तर, अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने दुवै संगठनका पदाधिकारीको छलफलबाटै सो ज्ञापनपत्र बुझाइएको दावी गरेका छन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया