खारेज भइसकेका अस्पताल विकास समितिमा स्वास्थ्यमन्त्रीको चलखेल

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खारेज भइसकेका अस्पताल विकास समिति ब्युँताउने तयारी गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा खारेज भएका ११ वटा अस्पताल विकास समिति ब्युँताउन लागिएको हो । मन्त्रालयका अनुसार समिति खारेज भएका अस्पताल विकास समिति ब्युँताउन आवश्यक टिप्पणीसहित सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद् पठाइएको छ ।
सरकारले गत २० असारको मन्त्रिपरिषद् बैठकमार्फत देशभरका अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै स्वास्थ्य मन्त्रालयले आफू मातहतका सबै अस्पताल विकास समिति खारेज गर्दै त्यहाँ कार्यरत पदाधिकारीलाई जिम्मेवारीबाट हटाएको व्यहोरासहितको पत्र केही दिनअगाडि मात्रै थमाएको छ ।
स्वास्थ्यमन्त्री यादवका निजी सचिव भवनाथ खतिवडाका अनुसार संघ मातहत रहेका अस्पताल विकास समितिका पदाधिकारीलाई २५ भदौको मन्त्रीस्तरीय निर्णयबाट हटाइएको बताए । देशभर ७७ वटा अस्पताल विकास समिति थिए । उनका अनुसार ७७ मध्ये संघ मातहत रहेका ११ वटा अस्पताल विकास समितिलाई पुनः ब्युँताउन सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा गत आइतबार फाइल पठाएको छ ।
‘विकास समिति गठन आदेश २०१३ बमोजिम आवश्यकता र औचित्यका आधारमा ११ वटा अस्पतालका अस्पताल विकास समिति ब्युँताउने स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको हो ।
ब्युँताउन लागेका ११ अस्पताल विकास समिति
-कान्ति बाल अस्पताल
-वीर अस्पताल
-प्रसूति तथा स्त्री रोग अस्पताल
-नरदेवी आयुर्वेद अस्पताल
-सहिद शुक्रराज ट्रपिकल अस्पताल
-धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्र
-सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र
-पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
-मानसिक रोग अस्पताल
-पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
(नयाँ पत्रीका )

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_NoEMpirqGR_xvedmwktx2npzkdnmqgenqdncphqfo8xamgz1jqcufbvpchtl7whckyk569a.jpg)
प्रतिक्रिया