कांग्रेसले अवरोध गर्दा गर्दै प्रदेश ७ को नाम र राजधानी दुई तिहाईले पारित

sansad 7

sansad 7

  काठमाडौं । प्रदेश ७ को नाम र राजधानी दुई तिहाई बहुमतले पारित गरेको छ । विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका १४ सांसदले बहिस्कार गरेपनि नाम र राजधानी दुई तिहाइले पारित गरेको हो । कांग्रेस र राजपाका सांसदहरुले मत हालेनन् भने बैठकसमेत वहिस्कार गरे ।

अब प्रदेश ७ को नाम सुदूरपश्चिम रहने भएको छ भने राजधानी गोदावरी नगरपालिका २ तेघरी हुने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम सुदूरपश्चिम राख्ने र राजधानी गोदावरी नगरपालिका २ तेघरीमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् । प्रदेश ७ मा ५३ सांसद छन् । दुई तिहाईका लागि ३६ मत आवश्यक थियो। उक्त प्रस्तावको पक्षमा ३८ मत परेको थियो ।


नाम र राजधानी पाउने सुदूरपश्चिम तेस्रो प्रदेश हो । यसअघि कर्णाली र गण्डकी प्रदेशले आफ्नो नाम र राजधानी तोकिसकेका छन् ।

प्रदेशसभाले प्रदेशको नाम र राजधानी चयन गर्नका लागि नेकपाका सांसद तारा लामा तामाङको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो । उक्त समितिले केही दिनअघिमात्र प्रतिवेदन दिएको थियो । समितिको प्रतिवेदन अनुसार नै प्रदेशको नाम र राजधानी पारित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन