तीन दिनमै टिकट सकिएकै हो त ?

काठमाडौं । यातायात व्यवसायीहरुले दशैंका लागि भनेर ९ गतेबाट शुरु गरिएको अग्रिम टिकट बुकिङ ११ गते नै सक्किएको बताएपछि यात्रुहरु समस्यामा परेका छन् । आज विहानै टिकट लिनका लागि पुगेका कयौं यात्रुहरु रित्तो हात फर्कनु परेपछि उनीहरुले समस्या परेको भन्दै गुनासो गरेका थिए । ‘दशैको १५÷१७ दिन अगाडि आउँदा पनि टिकट सक्कियो भन्छन्, खै दशैं पनि मान्न पाइन्न कि के हो ? तीन दिनमै सक्कियो रे नि त टिकट ।’ बसपार्कमा भेटिएका झापाका किरण खनालले गुनासो गरे ।
सरकारले १० प्रतिशत गाडी भाडा बढाउन सहमति गरेसँगै यातायात व्यवसायीले ९ असोजदेखि अग्रिम टिकट बुकिङ खोलेका थिए । तर, तीन दिनमै सबै टिकट बुक भइसकेको भन्दै बसपार्क पुगेकाहरुलाई फर्काउन थालिएको छ ।
यातायात व्यवसायीले प्रत्येक वर्षको दशैं तिहारमा नयाँ गाडी थप्ने गर्छन् । वर्षेनी यात्रुको चाप बढ्ने भएकाले व्यवसायीले दशैंलाई नै लक्षित गरेर नयाँ गाडी थप्ने गरेका थिए । तर, यो वर्ष भने सरकारसँगको लफडाका कारण अझैसम्म उनीहरुले नयाँ गाडी थप्ने शुरु गरेका छैनन् ।
सरकारले यातायात संघ, समितिहरुलाई मान्यता नदिने भएपछि व्यवसायीले नयाँ गाडी थप्न नचाहेको बताइन्छ । यातायात समिति खारेज गर्ने निर्णयसँगै यातायात व्यवस्थापनदेखि बीमासम्मको ऋण लिने काम बन्द भएकाले नयाँ गाडी थप्न नसकिएको व्यवसायीहरुको भनाई छ ।
गएको १८ चैतमा यातायात व्यवस्था विभागले नयाँ कार्यविधि जारी गरेको थियो । त्यसपछि ४ वैशाखको मन्त्रीपरिषद्को बैठकले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका कम्पनीको नवीकरण पनि नगर्ने गरी नयाँ कम्पनी दर्ता नगर्ने निर्णय गरेको थियो ।
यातायात व्यवसायीहरुले लामो दूरीका सवारीसाधन छुट्ने स्थान नयाँ बसपार्क पुगेकाहरुलाई आजबाट फर्काउन शुरु गरिसकेका छन् । तर, उनीहरुले टिकट नसक्किदै सक्कियो भनेका हुन् वा सक्किएकै हो । त्यस विषयमा भने सरकारले छानविन शुरु गरेको छैन । हुनत त्यहाँ पुगेका केही यात्रुहरु नै डिलक्सको महंगो टिकट बेच्ने प्रपञ्च भएको गुनासो गर्दै थिए । सरकारले यस विषयमा तत्कालै छानविन गरि टाढा–टाढा जाने यात्रुहरुलाई टिकट काट्ने वातावरण मिलाउनु पर्छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_bJsd1vKHk5_onofjb3rsrfujgbrlj1zeyfidpcfzgwi1itromz61htwxzewdoozm0a550fd.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_erAwwrTef2_ahvhxhtd4sxdfpfl3ynhjnvurbexgn5ii7ntsu6p0zfm3orwtrnu5i8ymzgv.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_V6ckcOvKPT_lb8nwcq9lfgcdwh9qeahrprukw9373ppn3f44gdbcwxndn5t5mey8uamaozq.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_xeTNBFT6de_ls85addbo48mjpir3awe5ysbwabopwkuulic0nih4tkgdsllkepqawg0xshw.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_Z31obSjWFh_6xgnwh5yg2resvk5cvgklhx6omhbcachrm8xm2mvduhiauo1maacbs7mosg1.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया