राष्ट्रपतिसँग बामदेबले किन लिए बदला ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामदेव गौतमले पूर्व एमाले नेतृ समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग असोज ३ गते बदला लिएका छन् । तेस्रो संविधान दिवसका दिनका भण्डारीले दिएको डिनर पार्टीलाई गौतमले अस्वीकार गरेर बदला लिएका हुन् । गौतमले आफूलाई पेटको समस्या भएको भन्दै राष्ट्रपति भण्डारीको पाटी बहिस्कार गरिदिएका हुन् । राष्ट्रपति भण्डारीको कार्यक्रम बहिस्कार गरेका नेकपाका नेता गौतम सोही राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागत गर्न पुगेका थिए ।
राति साढे ९ बजे विमानस्थलमा उत्रिएका प्रचण्डलाई गौतमले भव्य स्वागत गरे । त्यस दिन प्रचण्डलाई स्वागत गर्न नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङलगायत विभिन्न मन्त्री र नेताहरू पनि विमानस्थल पुगेका थिए। शीतलनिवास जान इन्कार गरेका नेकपाका प्रभावशाली नेता गौतम राति साढे ९ बजे काठमाडौं आइपुगेका प्रचण्डको स्वागतमा विमानस्थल पुगे भन्ने कुराले निकै चर्चा पाएको थियो ।
प्रधानमन्त्री केपी ओलीले आफूसँग गरेको भद्र सहमति पालना नगर्दा गौतम प्रधानमन्त्री ओलीसँग रुष्ट छन् । एमाले–माओवादी केन्द्रबीच एकता भई नेकपा बनेपछि उनी ओलीभन्दा प्रचण्डसँग निकट छन् । गौतम विमानस्थल पुगेको घटनालाई लिएर शीतलनिवासले चासो लिएको चाहिँ होइन । बरु, त्यसैदिन बिरामीको बहाना बनाएर राष्ट्रपति कार्यालय नगएका गौतमले प्रचण्डलाई स्वागत गर्न विमानस्थल गएपछि यो विषयमा शीतलनिवासमा चर्चा चल्यो । गौतम नआएपछि राष्ट्रपति भण्डारीको मनमा चिसो पसेको एक नेताले बताए । राष्ट्रपति भण्डारीले निवासमा रात्रिभोजको आयोजना गरेकी थिइन् । रात्रिभोजमा राष्ट्रिय मान्यताप्राप्त दलका पहिलो, दोस्रो र तेस्रो तहका नेताहरू निम्त्याइएका थिए ।
गौतम सत्तारुढ नेकपाका वरिष्ठ नेता हुन् । ९ सदस्यीय शक्तिशाली केन्द्रीय सचिवालयमा गौतम सदस्य छन् । त्यसबाहेक उनी गृह मन्त्रालयको जिम्मेवारीसहित ३ पटक उपप्रधानमन्त्री पनि भइसकेका छन् । उनी पार्टी अध्यक्ष र प्रधानमन्त्रीका दावेदार पनि हुन् । तर, अझै सांसद बन्न सकेका छैनन् । गौतम रात्रिभोजमा सरिक भएनन् ।
काठमाडौंमै रहेका सत्तारुढ दलका शीर्ष नेता रात्रिभोजमा सरिक नभएपछि राष्ट्रपति कार्यालयबाट गौतमलाई फोन गरिएको थियो । स्रोतका अनुसार गौतमले आफूलाई पखाला लागेको बताउँदै त्यही कारण आउन नसक्ने जानकारी गराएका थिए । गौतमसहितका नेताहरूलाई अपरान्ह साढे ५ बजेको निम्तो दिइएको थियो ।
पखाला लागेको बताएकाले रात्रिभोजमा गौतमको अनुपस्थितिलाई राष्ट्रपति कार्यालयले स्वभाविक रुपमा लियो । शीतलनिवासमा आयोजित रात्रिभोजमा सरिक भएका नेकपा महासचिव विष्णु पौडेल, संसदीय दलका नेता सुवास नेम्वाङ, कानून मन्त्री भानुभक्त ढकाल लगायत नेकपा नेता त्यतैबाट साढे ९ बजे विमानस्थलमा ओर्लेका प्रचण्डलाई ‘रिसिभ’ गर्न पुगे । राष्ट्रपति भण्डारीका जनसम्पर्क हेर्ने स्वकीय सचिव हीरामणि आचार्यले आक्रोस थाम्न सकेनन् ।
शुक्रबार (५ असोज) गौतमको नाम उल्लेख नगरी आचार्यले फेसबुकमा एउटा स्टाटस लेखे, ‘मौनता साँधेर आफ्नै खुट्टामा बञ्चरो हानेको ! यसले फाइदा गर्ला र ? ५.३० मा आउनु पर्दा छेरौटी लाग्ने, ९.३० मा बुझ्दा एयरपोर्ट भेटिने’ भनेका छन् । शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए । यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र सत्तारुढ दलका वरिष्ठ नेता गौतमबीचको सम्बन्ध त्यति सुमधुर छैन । राजनीतिमा भण्डारीभन्दा गौतम निकै सिनियर नेता हुन् । (यूनाइटेड पोस्ट साप्ताहिक )
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_skKoHwDBmN_syky1qyvyedqoyvakeuasghhiizcf7lz8k6ambqjmdk7mkydt2g7w2wjg7oa.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_snHh3cQXru_t5z8gbai562qxcllr3sddzaqlzwd4kf8n0zzgsrpeix2mvgj49xsthty9nwe.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_yOyZKnMKBv_odhkkqg5abkb7xcbofoq2flxqx6nlvquemdviykihq9qq4xjv8urscb6fqer.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_qcUNG4AWuE_fafzo4vwahtctw2yxrmggzitz55b1vizwjltrmvjrlkbavbp1ue9mzilhn8s.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_k6rKNattJg_mct8wkwk2qigvtomuqe4prm3znfcyzjgohmajecphm7rsyjgdytwmi26j3v4.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_s5T1LnAMyt_sehz5oajjbq90vm117tnh38nnv2rwliroj9k1khoofmy3lpvibl4pk1mfwbm.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_ELNoOcZxpR_agzsrtrrd178fyeclgin9h993nkivqeinrcwdloziagultcrozq4mzbyowhi.jpg)
प्रतिक्रिया