‘युरो’को कमाल, राजपाका नेताहरुलाई भ्याई–नभ्याई

काठमाडौं । तराईमा संविधान दिवसविरुद्ध कालो दिनको रुपमा मनाएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले काठमाडौंमा भने फरक शैलीमा संविधान दिवसको पक्षमा उत्सव मनाएको रहस्य खुलेको छ । संसदको एउटा समितिले काठमाडौंको बसन्तपुरमा गरेको ‘लोकतन्त्र मेला’मा राजपा नेपालले भाग लिएर संविधान दिवस भव्य र सभ्य रुपमा मनाएको हो ।
संविधान दिवस असोज ३ गतेकै दिन ‘लोकतन्त्र मेला’ बसन्तपुरमा सुरु भएको थियो । एउटा एनजिओको दवावमा राजपा नेपालले ‘लोकतन्त्र दिवस’मा भाग लिएको स्रोतको भनाइ छ । ‘लोकतन्त्र मेला’मा भाग लिन राजपालाई बेलायतबाट सञ्चालित एनजिओले पैसा दिएको पनि रहस्य बाहिर आएको छ । एनजिओसँग तालमेल मिलाउनेमा पूर्व तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का नेताहरू जितेन्द्र सोनल, प्रदेश २ की मन्त्री डा.डिम्पल झा, सुरेश मण्डलसहितको टिम रहेको स्रोतले जनाएको छ ।
बेलायतले दिएको डलरबाट संसदको विधायक समितिले ‘लोकतन्त्र मेला’ लगाएको हो । मेलामा दलहरूलाई उपलब्ध गराइएको स्टल, खानाखर्च, भत्ता आदि क्षेत्रमा खर्च भएको सबै पैसा एनजिओले नै तिरेको छ । त्यति मात्रै होइन ‘लोकतन्त्र मेला’ भाग लिएका नेताहरूलाई पनि भत्ताका रुपमा ठूलो रकम दिएको खुलासा भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपालसहितका दलहरूले ‘लोकतन्त्र मेला’ सहभागिता जनाउनु स्वभाविक थियो । किनभने उनीहरू संविधान दिवसका दिन विरोध प्रदर्शन गरेका थिएनन् ।
तर, राजपा नेपालले असोज ३ गते तराईका केही जिल्लामा कालो दिवसका रुपमा मनाएको थियो । संविधानको विरोध गरेको थियो । प्रदेश २ का मन्त्रीहरूले नै संविधान दिवसविरुद्ध कालो दिवसको अवसरमा आयोजित प्रदर्शनहरूको नेतृत्व आफैले गरेका थिए । त्यसरी प्रदर्शनको नेतृत्व गर्नेमा प्रदेश २ का मन्त्री जितेन्द्र सोनल पनि थिए ।
उनै मन्त्री जितेन्द्र सोनलले संविधान दिवसको खुसीयालीमा उत्सवका रुपमा बसन्तपुरमा आयोजित ‘लोकतन्त्र मेला’मा भाग लिए । सोनलले शनिबार बिहान साढे नौ बजे राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएका थिए । तर, ठाकुरले अस्वस्थताको कारण देखाएर बसन्तपुर जान मानेनन् ।
स्रोतका अनुसार ठाकुरलाई बसन्तपुरको ‘लोकतन्त्र मेला’मा जानबाट राष्ट्रियसभाका सांसद बृषेशचन्द्र लालले रोकेका थिए । लालले ठाकुरलाई रोकेको चाल पाएपछि सोनलले अनिलकुमार झालाई बसन्तपुरमा बोलाएर संविधान दिवसको उत्सव मनाएका छन् । झालाई उनकी पत्नी प्रदेश २ की मन्त्री डा.डिम्पल झाले आफ्नै गाडीमा चढाएर ‘लोकतन्त्र मेला’को कार्यक्रमस्थल बसन्तपुर लगेकी थिइन् । बसन्तपुरमा संविधान दिवसको उत्सवका रुपमा मनाइएको ‘लोकतन्त्र मेला’मा सहभागी भएको भन्दै पूर्व तमलोपा पृष्ठभूमि भएका नेताहरूको आलोचना भएको छ । (यूनाइटेड पोस्ट साप्ताहिक )

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_8jkPds4phe_vzdsv7haz3yq3zznpyibumb0xomrmz0pwfv3u2yco4jenryofqmb28twrqvy.jpg)
प्रतिक्रिया