काठमाडौं प्रहरीमाथि आईजीपीको गोप्य निगरानी , काम गर्न सकेनन् लामाले

काठमाडौं । कोटेश्वर र काँडाघारीका ९ प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि प्रहरी प्रधान कार्यालयले गोप्य रुपमा काठमाडौं प्रहरीमाथि निगरानी थालेको छ । बालुवा तस्करसँग साँठगाँठ गरेर घुस लिएको आरोपमा दुई प्रहरी सहायक निरक्षक र ७ प्रहरी जवान अख्तियारको फन्दामा परेपछि आईजी सचिवालयले काठमाडौं प्रहरीमाथि गोप्य रुपमा निगरानी बढाएको हो ।
काठमाडौं प्रहरीले आफ्ना मातहतलाई निगरानी गर्न नसकेको भन्दै आईजीपी सर्वेन्द्र खनालले काठमाडौं परिसरका एसएसपी बसन्त लामालाई झपारेका थिए । काठमाडौं परिसरको अप्रेशन राम्रो नभएको निर्णय गर्दै आईजीपी खनालले आयुक्त कार्यालयका एसपी अशोक सिंहलाई सोमबार परिसरमा काज सरुवा गरेका छन् । एसएसपी लामा काठमाडौं आएको एक महिना बितिसक्दा पनि उनले खासै काम गर्न सकेका छैनन्।
परिसरका एसपी राम दत्त जोशीलाई सचिवालयमा राखिएको छ । एसपी सिंह अप्रेशनमा काबिल मानिन्छन् । त्यस्तै, बौद्ध वृत्तका डिएसपी श्याम राईको एक दर्जन भन्दा बढी उजुरी प्रहरी प्रधान कार्यालयको छानबिन शाखामा परेको छ ।
नियमित कामकाज समेत राम्रोसँग नगरेको आरोप छ । बालुवा खानी र अवैध रुपमा नेपाल बसेका तिब्बतीयन नागरीकको पहिचान गरेर उनिहरूबाट डिएसपी राईले मोटो रकम असुल्दै आएको वृत्तका एक जुनियर प्रहरी अधिकृतले बताए ।
परिसरमा कारवाहीका लागि सिफारिस भएका व्यक्तिलाई समेत राईले संरक्षण गर्दै आएका छन् । एक महिना अगाडी काठमाडौं परिसरबाट पक्राउ गरी आवश्यक कारवाही गर्न सिफारिस गरिएका सूर्यबहादुर गुरुङलाई डिएसपी राईले संरक्षण गरेका थिए ।
कारवाहीका लागि काठमाडौं प्रहरीको पत्रसहित बौद्ध वृत्त पुगेका एक पीडितलाई डिएसपी राईले गुरुङविरुद्धको मुद्दा याँहा दर्ता नहुने भन्दै थर्काएर पठाएका थिए । काठमाडौं परिसरको आदेश समेत नमान्ने गुरुङ यसअघि चापागाँउ वृत्तको प्रमुख हुँदा अवैध ढुंगाखानी र क्रसर उद्योगबाट रकम असुलेका थिए । (जनप्रहार साप्ताहिक )

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया