सरकारसँग आठ बुँदे सहमति भएसंगै यातायात मजदुरको आन्दोलन फिर्ता

काठमाडौं । सरकारसँग आठ बुँदे सहमति भएसंगै यातायात मजदुर आन्दोलन रोक्न सहमत भएका छन् । आन्दोलनरत यातायात मजदुर र सरकारबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार भएको वार्तामा यातायात मजदुर आन्दोलन रोक्न सहमत भएका हुन् ।
सहमतिसँगै यातायात मजदुरहरु आन्दोलन फिर्ता लिएर काममा फर्किने भएका छन् । मजदुहरु काममा फर्किने गरी सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिए ।
नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने सहमति भएको छ । ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने उल्लेख छ । सडक दुर्घटनाको निष्पक्ष छानबिनपछि मात्र कारबाही अगाडी बढाउने पनि सहमति भएको छ । यस्तै आन्दोलनका क्रममा पक्राउमा परेका यातायात मजदुरहरुलाई रिहा गर्ने सहमति भएको छ ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_4ZUGLEFqu5_tckcuf5ipfubojnhqhakthunc6tbvc5yiog9ryjdgi9rnjfk7fplgut92egu.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_JbnX1gvivO_5emyjna3fdmqyi1vl7zggtwzccfggprgkbuhfvckxhsfpvzvglvn6g3zzjjw.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_BOXS9fuN7w_qf8izsctkmcudrbja1utzo6ahshurjv1zkr8thv8uxhyd04zzieogltyqmt2.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_q2NOuvVmZU_nxsctaykfjskoiftr7pd6vjqzjanmo7yn0y2arxt2eobezikihrrohi1mgn5.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_U4Jcnn1wuw_rm8oudhtymof6wqdgxav6slnnvqw6hfj46dulyftaknkpbz2jkotsa4qqoyd.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_P03kWns5fQ_dwaq1rvoioy0j7kfp3iswqxieizitvoaqxemblpfjiak7dpwtieiqppz6pc5.jpg)
प्रतिक्रिया