कास्कीमा चोरी बढ्दो, एकै दिन ६ घरका ताला फोडिए

chori

chori

 पोखरा । पछिल्लो समय कास्कीमा चोरीको संख्यामा वृद्धि भएको छ। बिहिबार राती मात्र पोखरा महानगरपालिका वडा नं. २२ पोखरा भ्यू–पोइन्टमा ६ घरका ताला फोडी चोरी भएको हो। एकै रातमा आधा दर्जन घरमा चोरी भएपछि स्थानीयहरूले स्थानीय प्रहरीहरू सुरक्षाको माग गरेका छन् ।

वडा प्रहरी कार्यालय छोरेपाटनद्धारा शुक्रबार विहान घटनाको निरिक्षण भएको छ। पोखरा भ्यू–पोइन्टमा बिहिवार राती प्रेमराज बराल, प्रकाश बराल, घुम्ती दुध उत्पादन सहकारी संस्थालगायतका ठाउँमा चोरी भएको हो।विहान घर खोल्ने बेलामा चोरी भई किनारा पसलका सामानहरू चोरी भएको स्थानीय प्रेमराज बरालले जानकारी दिएका छन्।

पछिल्लो समय हत्या, हिंसा तथा चोरीका घटा बढेसँगै सुरक्षामा चुनौती थपिएको छ। चाडपर्वका समयमा यस्ता चोरी तथा लुटपाटका घटना बढ्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित