केसीको अनसन प्रकरण : प्रहरीमाथि आक्रमणको जिम्मा कसले लिने ?

jumlaa

 काठमाडौं । मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर बिहीबार काठमाडौं लगेको छ ।

उनलाई लैजाने क्रममा प्रहरी र केसीका समर्थकबीच झडप भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्रै प्रहरीले केसीका समर्थकमाथि अश्रुग्यास प्रहार गर्नुका साथै लाठी बर्सायो ।
करिब एक घन्टा भएको झडपमा एक प्रहरी र केही केसी समर्थक घाइते भएका छन् । आक्रोशित भिडले पनि प्रहरीमाथि आक्रमण गर्‍यो । केसीलाई अनशनस्थलबाट उठाउन प्रतिष्ठान हाताभित्रै प्रहरी परिचालन भएपछि झडप भएको थियो ।

तनाव बढ्दै गएपछि डा। केसीले पत्रकार सम्मेलन गरेर आफु काठमाडौं जान तयार भएको बताएका थिए । सरकारले बल प्रयोग गरेर आफुलाई काठमाडौं जान वाध्य बनाएको उनको भनाइ थियो । सरकारी टोलीले सेनाको हेलिकोप्टरमा हालेर अपराह्न ४ बजे उनलाई काठमाडौंतर्फ लग्यो ।

सामान्य घाइते भएकाहरू प्रतिष्ठानमै उपचार गरेर घर फर्किए पनि गम्भीर घाइते प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । झडपका क्रममा प्रतिष्ठानका झ्याल, ढोका र फर्निचर तोडफोड गरिएका छन् ।

गोकुल बाँस्कोटा, सरकारका प्रवक्ता

केसीलाई काठमाडौं ल्याइएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ । उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन । उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो रु यो मानवअधिकारको प्रश्न हो कि होइन रु जुम्लामा प्रहरीमाथि तालिवानी शैलीमा आक्रमण भएको छ । प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ रु हामी जिम्मेवार ढंगले अघि बढेका छौँ । (नयाँ पत्रीका )

प्रतिक्रिया

सम्बन्धित