साम्यवादी व्यवस्था ल्याउने कम्युनिष्टको योजना कांग्रेसले बिफल बनाउँछ

नेपालको राजनीति यतिबेला नयाँ ढंगबाट अगाडि बढिरहेको छ । नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेलसँगै नेपालको राजनीतिले नयाँ मोड लिएको हो । यता, नेपाली कांग्रेसले पनि लोकतान्त्रिक शक्तिहरुसँग गठबन्धन गरेको छ । नयाँ शक्ति पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई बाम गठबन्धन छाडेर लोकतान्त्रिक गठबन्धनमा आइसकेका छन् भने विजयकुमार गच्छदारको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले कांग्रेससँग पार्टी एकीकरण गरिसकेको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको माहौल तातिरहेका बेला नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाँड भने बाम गठबन्धन भए पनि कांग्रेस कमजोर नहुने बताउनु हुन्छ । नेपाली जनताले कुनै पनि हालतमा कांग्रेसको साथ नछाड्ने दावी गर्ने संयोजक खाँड भन्नुहुन्छ–‘कुनै वाद, विचार र कम्युनिष्ट पार्टीको नाममा कुनै पनि अधिनायकवादीलाई नेपाली जनताले स्वीकार गर्न सक्दैन । जनतालाई लोकतन्त्र र प्रजातन्त्र चाहिएको छ । कांग्रेस प्रजातन्त्रको संरक्षक र शक्ति हो, त्यसैले कांग्रेसलाई जनताको साथ रहन्छ ।’ बाम गठबन्धनमा साम्यवादी विचारको भुत अझै पनि बाँकी रहेको भन्दै खाँडले लोकतन्त्रलाई उपयोग मात्रै गर्ने र नेपालमा साम्यवादी र कम्युनिष्ट अधिनायकवादी सत्ता स्थापित गर्ने खालको बाम गठबन्धनको दृष्टिकोणका बारेमा कांग्रेसले जनतालाई सचेत गराउने बताउनुहुन्छ । नजिकिंदै गरेको निर्वाचनका विषयमा mynewsnepal.comका लागि संयोजक खाँडसँग गरिएकाे कुराकानीका सम्पादित अंश :
० कांग्रेसले यस पटक निर्वाचनमा के एजेण्डा लिएर जनतामा जान्छ ?
– नेपाली कांग्रेसले मुलुकमा लोकतन्त्र बहाली गरेको योगदानहरू, मुलुकको राष्ट्रियतालाई बलियो पार्ने, मुलुकमा उठेका कुराहरूलाई कसरी सम्बोधन गर्ने, संविधानसभाबाट जारी भएको संविधानलाई हामीले कसरी सबै नेपालीको अपनत्वमा अगाडि बढाउन सक्दछौँ, नेपालको गन्तव्य भनेको अब शान्ति र समृद्धि हो भन्दै हामी जनतामाझ जाँदैछौ ।सबै नेपाली जनताहरूको सद्भावको आवश्यक्ता छ । मेलमिलाप र एकता राष्ट्रिय अवाश्यक्ता हो । यिनै कुरा र मुद्दाहरूलाई कांग्रेसले विगतमा गरेका प्रजातान्त्रिक र सामाजिक परिवर्तनका उल्लेखनीय हाम्रा कार्यहरूलाई घोषणा पत्रमा राख्ने छौं ।
० वाम र लोकतान्त्रिक गठबन्धनबीच धु्रवीकरण भइरहेका बेला कांग्रेसले मेलमिलापको नारा किन ल्याउँदैछ ?
– कांग्रेसले नेपालका कम्युनिष्ट पार्टीहरूलाई जसले माक्र्सवाद र माओवादीलाई विश्वास गरेको छ । माक्सवाद र माओवादमा प्रजातान्त्रिक पद्धतिलाई स्वीकार गरिएको छैन । तथापि नेपालको राष्ट्रिय परिवेशमा नेकपा(एमाले)ले प्रजातान्त्रिक मूल्य र मान्यतालाई विश्वास गर्नु हुन्छ भन्ने हाम्रो मान्यता थियो । माओवादी त झनै हिंसात्मक युद्धबाट आएको पार्टीलाई हामीले जंगलबाट सिंहदरबारमा ल्याएर आएको हो ।
आदरणीय नेता गिरिजाप्रसाद कोइरालाले नै माओवादीसँग १२ बुँदे र वृहत शान्ति सम्झौताको माध्यमबाट मुलुकको राष्ट्रिय मूलधारमा ल्याउनु भएको थियो । हामीलाई माओवादी नेताहरु नेपाली जनताको चाहना, अन्तर्राष्ट्रिय परिवेश र अहिलेको वर्तमान राजनीतिक परिवर्तनमा बदलिनु भयो होला भन्ने लागेको थियो । तथापि उहाँहरूमा साम्यवादी विचारको भुत अझै पनि बाँकी रहेछ । उहाँहरूले लोकतन्त्रलाई खाली उपयोग मात्रै गर्ने र नेपालमा साम्यवादी र कम्युनिष्ट अधिनायकवादी सत्ता स्थापित गर्ने जुनखालको दृष्टिकोण ल्याएर आउनु भयो त्यसका बारेमा हामीले जनतालाई सचेत गराउने हो ।
० वामपन्थीहरू मिल्दाखेरी कांग्रेस किन आत्तियो ? र, किन लोकतान्त्रिक गठबन्धन बनाई हाल्यो ?
– संसारभरिकै माक्र्सवाद असान्दर्भिक भइसकेको छ । साम्यवादी दर्शन र कम्युनिष्ट विचारधारा संसारभरि नै एक किसिमले लोप भइसकेको छ । तथापि नेपालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनु ढंगले वाम एकता स्थापित गर्नु भयो त्यसले कांग्रेससँगको सहमति र राष्ट्रिय भूमिकालाई उहाँहरूले किनार गरेर आउनु भएको छ । उहाँहरूको गतिविधिले लोकतन्त्रिमाथि गम्भीर खतरा भएको देखेर लोकतान्त्रिक गठबन्धन बनाइएको हो । मुलुकको जनअधिकारमाथि खतरा देखेर जनतालाई सचेत गरेर कम्युनिष्टहरूलाई सच्चाउन, बदल्न र प्रजातान्त्रिक बनाउन कठिन रहेछ ।
० कांग्रेस अहिलेको अवस्थामा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैन ? कमजोर भएको हो ?
– कांग्रेस कमजोर छैन । नेपाली जनताले कुनै पनि हालतमा कांग्रेसको साथ छाड्दैनन् । जनताले राणा शासन, पञ्चायत, राजाको तानाशाहलाई पनि स्वीकार गरेको छैन । कुनै वाद, विचार र कम्युनिष्ट पार्टीको नाममा कुनै पनि अधिनायकवादीलाई नेपाली जनताले स्वीकार गर्न सक्दैन । जनतालाई लोकतन्त्र र प्रजातन्त्र चाहिएको छ । कांग्रेस प्रजातन्त्रको संरक्षक र शक्ति हो । कांग्रेस आत्तिने कुरै छैन ।
० कांग्रेसलाई किन तालमेल आवश्यक्ता प¥यो ?
– कांग्रेस बाहेकका लोकतन्त्रप्रति आस्था गर्ने पार्टीहरूसँग हामीले समन्वय र एकता स्थापित गर्नै पर्छ । उहाँहरूलाई पनि लोकतान्त्रिक धारमा ल्याउनु पर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्नुपर्छ । यो संघीय लोकतान्त्रिक संविधानप्रति मधेस केन्द्रित दल, राप्रपालगायतका पार्टीको प्रतिवद्धता स्थापित गर्ने हो । त्यसका लागि पनि यो लोकतान्त्रिक गठबन्धनका लागि अग्रसर भएको हो ।
० मधेस केन्द्रित दलहरूसँग तालमेल गर्ने कांग्रेसको आधार के हो ?
– विपी कोइरालाले २०३३ सालमा नेपाल आगमन गर्दा राष्ट्रिय एकता र मेलमिलाप भन्नुभएको थियो । नेपालको राष्ट्रियता, लोकतन्त्रिको रक्षाका लागि पनि नेपाली जनतालाई जनअधिकार स्थापित गर्न, शान्ति र समृद्धि स्थापित गर्नको लागि मेलमिलाप र एकता अपरिहार्य छ । त्यसका लागि राजनीतिक दल र लोकतान्त्रिक शक्तिहरूको बीचमा हामीले एकता र मेलमिलापको आधारलाई बलियो पारेर लैजाने हो ।
० मधेसमा चुनावी तालमेलको एजेण्डा के हुन सक्छ कांग्रेसको ?
– हामीले लोकतन्त्रिप्रति विश्वास गर्ने दलहरूलाई लोकतान्त्रिक मूल्य मान्यताको भरपर्दो सुरक्षाको आधारशिलाका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्न सक्छौँ । त्यही आधारमा हामीले तालमेल गर्ने हो ।
० भागबण्डामा तपाईहरू अझै अड्किनु भएको छ ? कुरा मिलेकै छैन ?
– कतिपय स्थानमा तालमेल भएर एउटा उम्मेदवार होला । कतिपय ठाउँमा हामीले स्वस्थ्य प्रतिस्पर्धा गरौंला । तालमेल भनेको लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि हो । लोकतान्त्रिम मूल्य मान्यताप्रति आवद्ध भएका उम्मेदवारहरूलाई विजयी गराउनका लागि हो । त्यसका लागि आवश्यक ठाउँमा हाम्राबीचमा तालमेल होला, एउटै उम्मेदवार होला, कतिपय ठाउँमा हाम्रो स्वस्थ्य प्रतिस्पर्धा पनि हुनेछ । मैत्रीपूर्ण प्रतिस्पर्धा पनि हुनेछ । एकता र तालमेल भनेको उहाँहरूले सबै ठाउँमा छोडिदिने, हामीले पनि सबै ठाउँमा छोडि उम्मेदवारी दिन छाड्ने पनि होइन ।
० झापादेखि कञ्चनपुरसम्म कांग्रेसले ७८ सिटमा राजपा र संघीय समाजवादी फोरमस“ग आधा–आधा बाँड्न तयारी भएको हो ?
– यो विषयमा विभिन्न कोणबाट छलफल भइरहेको छ । जहाँ कम्युनिष्ट पार्टीसँग हाम्रो प्रतिस्पर्धा पर्दछ त्यस्ता ठाउँमा हामीले तालमेल गर्ने हो । जहाँ हाम्रो मित्र शक्तिहरूसँग मित्रवत प्रतिस्पर्धा पनि हुन्छ । ठूला नेताहरूका लागि हामीले चुनावी क्षेत्रमा सहमति गरेर ठूला नेताहरूलाई कांग्रेसले समर्थन पनि गर्न सक्नेछ । यी विभिन्न मोडालिटीमा कुरा भइरहेको छ ।
० तराई मधेसमा ७८ सिटमध्ये मधेस केन्द्रित दलहरूलाई कांग्रेसले ३९ सिट दिन तयार छ ?
– होइन त्यसमा कुरा भइरहेको छ । ठ्याक्कै यति ओटा सिट कसलाई दिने, कसलाई नदिने भन्ने कुरामा हाम्रो टुंगो लागि सकेको छैन । विभिन्न चरणमा कुरा चलिरहेको छ । लोकतन्त्रको रक्षाका लागि हामी मिलेर जानु नै अहिलेको आवश्यक्ता हो ।
० कांग्रेसले अब घोषणापत्र कहिले जारी गर्छ ?
– घोषणापत्रको अन्तिम मस्यौदामा पार्टीमा छलफल भई स्वीकृति जनाएको छ । त्यसलाई मस्यौदा समितिले २–३ दिनभित्रै प्राविधिक रुपमा सबै कुराहरू तयार गरिसकेपछि यो हप्ताको प्राम्भीक दिन मै घोषणापत्र जारी हुनेछ ।
० कांग्रेसको घोषणापत्रको विशेषता के हो ?
– घोषणापत्रमा २०४८ सालको चित्रण गरिएको छ । २०७३ सालको कुरा राखिएको छ । हिंसात्मक आन्दोलनको उथलपुथलमा पनि मुलुकले जुनखालको प्रगति प्राप्त गरेको छ त्यो विषय चित्रण गरिएको छ । आगामी १० वर्षमा मुलुक कस्तो हुनेछ त्यसको चित्रण राखिएको छ । घोषणापत्रको मूल आधार राष्ट्रियताको सम्वद्र्धन, लोकतन्त्रको सम्वद्र्धन, समाजवादी नीतिलाई अगाडि बढाएर समता मुलक समाज, न्यायपूर्ण समाज निर्माण गर्ने । दश वर्षभित्र मुलुकलाई समृद्ध नेपाल बनाउने र नेपालको गरिवीलाई निर्मूल गरेर पर्यटनलाई अगाडि बढाइनेछ ।
_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_LmNaCzNbHw_ggpwlviwseerxizxygmqvdw0phwdjiyysu6zdepdiyoax1c69slrkqwbn3tq.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_GFtwyEPjlw_uktqbotds81edelnrv3ienoppga3x2ylfgsgk6kxzudpjzv4kknrjqc5hy8e.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_axW8QfWKaq_bfoyibp0sthsy0cf6g5xiejrkzi6acvcpyu3ac3jp0goj6ocznonxe2pvqke.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_CkCATUQf4F_qihlfz1wifqzbwumouxulgqufadomkjxmclyvd0uouphcbcdfqvkv6ltzjxq.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया