प्रधानाध्यापकद्धारा नै विद्यार्थीमाथि निर्मम कुटपिट

इनरुवा । पछिल्लो समय शिक्षा आर्जन गर्न विद्यालय पुगेका विद्यार्थीहरुमाथि निर्घात कुटपिटका घटना दिन प्रतिदिन बढिरहेका छन् । केही समय अघि हामीले पोखराका विरौटामा रहेको शिशु निकेतन बोर्डिङ स्कूलका गणित शिक्षक रामजी भट्टराईले कक्षा १० मा अध्ययनरत विद्यार्थीको झोलामा चुइगमको खोल भेटेको निउमा निर्मम तरिकाले कुटपिट गरेको समाचार प्रकाशित गरेका थियौं ।
अहिले पनि त्यस्तै प्रकृतिको घटान दोहोरिएको छ । सुनसरीको कोशी गाउँपालिका–७, हरिपुरका १७ वर्षीय गौतम पाठक पनि प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी पाठकलाई निर्घात कुटपिट गरेको पीडित पाठकले बताएका छन् ।
पीडित पाठकले आफूलाई कोठामा थुनेर प्रधानाध्यापक सर ओमप्रकाश यादव, चालक कमल दास, चन्दन यादव र नन्दकिशोर यादवसहितले लाँठी र रबरको पाइपले कुटपिट गरेको बताएका छन् ।
कुटपिटबाट पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरि नै निलडाम रहेको पीडितका ठूलो बुबा श्यामानन्द पाठकले बताए । घाइते पाठकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
उनले आफूलाई अपांग बनाई दिने, पढ्ने सपना चकनाचुर पारिदिने भन्दै पालोपालो गरी प्रधानाध्यापक ओमप्रकाश र शिक्षकले निर्घात कुटपिट गरेको आरोप लगाए । पीडित पाठकले कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रधानाध्यापक यादवले आवेगमा आएर कुटपिट गरेको स्वीकारेका छन् ।
विद्यालयलाई यातना गृह बनाउने हो भने त्यस्ता विद्यालयबाट विद्यार्थीले के सिक्लान रु सोझै अनुमान लगाउन सकिन्छ । २१ औं सताव्दीको शिक्षा दण्ड र यातनाबाट टाढा रहनुपर्छ । यो घटनाले पढ्न पठाएका वालवालिकाहरुको सुरक्षा चिन्ता बढाएको छ । वाल अधिकारकर्मी तथा राज्यका नियमनकारी निकायले यस्ता घटनाको छानविन गर्नु पर्छ । पिडित विद्यार्थी र अभिभावकहरुले पनि यस्ता अवाञ्छित घटनाहरु वाहिर ल्याउन पर्छ नकि अन्य विद्यालयमा यस्ता घटना नदोहोरियोस् । विद्यालयले शिक्षक कर्मचारी भर्ना गर्दा पनि उनीहरुलाई प्रशिक्षण गराउन जरुरी देखिएको छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_Ho9gjsbCj3_3ezwtbef3jm17ex6fi9cnsu5uhjat9jkp7lhcrffkbdn0ic8kfqkmxn8i4gv.jpg)
प्रतिक्रिया