नागरिक मैत्री प्रहरीको रुपमा छवी विस्तार गर्न टोल टोलमा प्रहरी अभियान

policeabhiyan

 काठमाडौं । नागरिक मैत्री प्रहरीको रुपमा छवी विस्तारमा तिव्रता ल्याउन शनिबारदेखि टोल टोलमा प्रहरी अभियान शुरु भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना अनुसार ‘नागरिक मैत्री प्रहरीको रुपमा छवी विस्तारमा तिव्रता’ ल्याउन ‘टोलटोलमा प्रहरी अभियान’ कार्यक्रमको शुरुवात गरेका हुन् ।
महानिरीक्षक खनालले टोलटोलमा प्रहरी अभियान कार्यक्रम हरेक नागरिकको मन–मनमा प्रहरी बस्नुपर्छ भन्ने हो भन्दै सर्वसाधारणले प्रहरी हाम्रो लागि हो भनेर अनुभूत गर्न समाजका हरेक टोल–टोलमा प्रहरी पुग्नुपर्नेमा जोड दिए ।

टोल–टोलमा खटिने प्रहरीले अपराध र अपराधीसँग कुनै सम्झौता नगरी नागरिक समाजप्रति प्रहरीको विश्वास बढाउदै लगिने समेत प्रहरी महानिरीक्षक खनालले बताए ।

कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा.गोविन्द प्रसाद थापाले जनताको मनमनमा प्रहरी छ साथी भन्ने भावनाको विकास हुनुपर्नेमा जोड दिए । गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीले अभियान सफल बनाउन प्रहरीले सीमित स्रोत साधनको अधिक्तम उपयोग गरी नागरिक समाजसँग मिलेर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित