हारलाई अस्वीकार, गुटलाई मलजल

काठमाडौं । कम्युनिस्टहरू शक्तिशाली भएका बेला नेपाली कांग्रेसका नेताहरू भने विभाजित भएका छन् । सभापति शेरबहादुर देउवाले कमजोर ठानेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र प्रकाशमान सिंहसहितका नेताहरूले कांग्रेसलाई मिलाउनेभन्दा पनि भत्काउने अभियानमा लागेको आरोप लगाएका छन् ।
पौडेल, सिटौला र सिंहको समूहले काठमाडौंमा भेला समेत गरेका छन् । उनीहरूले भेलाबाट देउवाको उचितो काढेका थिए । सभापति देउवा समूहलाई त्याग गरेका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसलाई समाप्त पार्ने योजनामा गिरोह सक्रिय रहेको प्रतिक्रिया दिए । ‘सभापतिज्यूको आसपास घुम्ने अदृष्य गिरोहले कांग्रेसलाई सिध्याउन लागेको छ’, उनले भने,‘सभापतिले पार्टीलाई मिलाउन केही विरोधी समूहको कुरा पनि सुन्नुपर्छ ।’ कांग्रेसका अर्का नेता डा.शेखर कोइरालाले असन्तुष्ट समूहलाई मिलाउने दायित्व सभापति देउवाको रहेको बताए । ‘अहिले हामी मिलेर कम्युनिस्टहरूको मुकाविला गनुपर्छ’, उनले भने, ‘कांग्रेसलाई जीवन दिनुपर्छ ।’
सभापति देउवाले पनि कांग्रेसलाई सम्हाल्न सकिरहेका छैनन् । देउवाले विश्वास गरेका नेताहरू विमलेन्द्र निधिसहितका नेताहरूले खुलेर बोलेका छैनन् । देउवाको निकट रहेका मीनबहादुर विश्वकर्मा, डा.प्रकाश शरण महतहरूका गतिविधि कांग्रेसको सिद्धान्त र योजना विपरित हुने गरेका छन् । यसरी कांग्रेसलाई फाइदा नपुग्ने देखिन्छ । देउवालाई केन्द्रमा विरोधीहरूको सामना गर्नुपरिरहेको छ । यस्तो अवस्थामा आफ्नै गृहजिल्ला डडेलधुरामा पनि विरोधको सामना गर्नुप-यो । देउवाविरुद्ध नारावाजी भएको छ । देउवाको गलत निर्णयले कांग्रेसलाई मात्रै होइन सिङ्गो देशलाई नै असर परेको छ । जसका कारण कम्युनिस्टहरू हाबी भएको कांग्रेस नेताहरु बताउँछन् । यसको मूल्य देउवाले चुकाउनु पर्ने उनीहरुको भनाई छ ।
नेता सिटौला सभापति देउवाको एकल निर्णयले कांग्रेसको अस्तित्व नै धरापमा परेको भन्दै पौडेल समूहसँग मिलेर पार्टी बलियो बनाउने प्रयासमा लागेका छन् । अहिले कांग्रेसलाई एक बनाएर कम्युनिस्टविरुद्ध लड्ने क्षमतावान बनाउनुपर्ने दायित्व उनीमाथि आएको छ । केन्द्रीय सदस्य दीपक गिरीले भने, ‘हामीले कांग्रेसलाई बचाउनुपर्छ । त्यति मात्रै होइन कम्यनिस्टहरूसँग लड्नुपर्ने आवश्यक्ता पनि छ ।’ सभापति देउवाका गलत निर्णयले नै कांग्रेसलाई घाटा भएको उनको बुझाइ छ ।
देउवाले खुमबहादुर खड्काकी पत्नी शिला गौतम खड्का र दिलबहादुर घर्ती जस्ता जनाधार नै नभएकालाई केन्द्रीय सदस्य मनोनीत गरेर विरोधी समूहलाई चिड्याउने काम गरेका छन् । तैपनि देउवाले केन्द्रीय समितिलाई पूर्णता दिएका छैनन् । खड्काको निधनपछि त्यो समूहलाई जागाइ राख्न पूर्णबहादुर खड्का समूह सक्रिय छ । देउवाले त्यो गुटलाई मलजल दिइरहेका छन् । सभापति देउवाले टिकट वितरणमा एकलौटी गरेको, प्रतिनिधिसभामा समानुपातिक उम्मेदवारको नाम छनौट गर्दा विशेषज्ञ वा पेशाकर्मीबाट प्रतिनिधित्व नगराएको, मालिकहरुलाई मात्र टिकट दिएको, निर्वाचनमा भोग्नु परेको पराजयलाई स्वीकार नगरेको जस्ता आरोपहरुको सामना गर्नु परिरहेको छ । (यूनाइटेड पोस्ट साप्ताहिक )

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_ajpazKV6vG_hegisqiwogovjfa5p7xc7v5rekj7lalpeclavtrvwrosjozvbxvr4v6fohwf.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_ucM3pFAYoV_mdes88hkqqqqujqrdaytppyjha4rtufe8p4tf2thchri26dp1gvabnjrf2jg.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_bsZz32P4hc_7uj2gupwwlgejesz4jtm1rsa2jeuwrzkqysjy7zfonzj1exqxxhhphtypabx.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_40WLDt4UMP_kihnjdicwnu9r11uuptnd0vn8ahomn2zap6e7us2b8ak3icvihpag7nilbd0.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_WJen1LQsnR_c64mifknvfssiyozhquc5k1aau5a8akb4r9jrkofictjp6qzdxbhofcjytoi.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया