पार्टी एकीकरणमा धेरै सिनियर नेताहरू छुट्नुभयो

कृष्णा शाह, नेतृ– नेकपा तथा सांसद
०५७ सालदेखि तत्काली नेकपा (माओवादी)को पूर्णकालीन सदस्य भएर राजनीति शुरु गर्नुभएकी कृष्णा शाह कर्णाली प्रदेशको सांसद हुनुहुन्छ । पहिलो पटक जनप्रतिनिधि बन्नु भएकी शाहले सिंदरबारको अधिकार गाउँसम्म पु¥याउने भने पनि अझै धेरै कुरा सिंहदरबारको गेटबाट बाहिरिन नसकेको अनुभूति भइरहेको बताउनुहुन्छ । शाहको जनयुद्धकै बेला तत्कालीन माओवादी नेता रामदीप आचार्यसँग युद्धमै भेट भयो । त्यसपछि विवाह गर्नुभयो । लडाकुबाट कम्पनी कमाण्डर हुँदै नेवाः राज्यको सदस्य बनेकी शाह नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक कमिटीको सदस्य समेत बन्नुभएको थियो । एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणले कर्णाली प्रदेशमा कस्तो प्रतिक्रिया छ भन्ने विषयमा प्रदेश सांसद समेत रहनु भएकी नेतृ कृष्णा शाहसँग काठमाडौंमा गरिएकाे कुराकानी ः
० पार्टी एकीकरणबाट तपाई कति खुसी हुनुहुन्छ ?
– ठूलो कम्युनिस्ट पार्टी बनेको छ । पहिला विभाजित भएर बसेका थियौँ । अझै पनि केही साना कम्युनिस्ट पार्टीहरू बाहिर छन् । सबैलाई मिलाउनु पर्छ । एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणबाट नेपाल कम्युनिस्ट पार्टी बनेको छ । खुसी नहुने त कुरै भएन नि !
० तपाई त खुसी हुनुहुन्छ । तल्लो तहका नेता कार्यकर्ता खुसी छन् कि छैनन् ?
– यसमा दुईवटा कुरा छन् । हामी किन जनयुद्ध लडेका हौँ भनेर प्रश्न पनि आइरहेका छन् । शहीद, घाइते र वेपत्ता परिवार हुनुहुन्छ । उहाँहरूको माग पनि सुनुवाइ हुनुपर्छ । गाउँका तल्लो तहका नेता कार्यकर्ताले जनुस्प्रिटमा पार्टी एकीकरण भएको छ त्यो स्प्रिट गाउँसम्म पुग्नुपर्छ । सबैलाई व्यवस्थापन गर्नुपर्छ । सबैलाई क्षमता र योग्यताअनुसार जिम्मेवारी दिनुपर्छ । कसैलाई काखा र पाखा गर्नु हुँदैन । समान व्यवहार भयो भने असन्तुष्टि हुने कुरै रहँदैन ।
० पार्टी एकीकरण त भयो एमाले र माओवादी केन्द्रका नेताहरू घुलमिल हुन सक्लान ?
– पहिला त हामी सबै कम्युनिस्ट बिचार मान्नेहरू हौँ । यद्यपि पार्टी एकीकरण अगाडि दुबै पार्टीले आ–आफ्नो सिद्धान्त मान्दै आएका थियौँ । अब राजनीतिक कार्यदिशा महाधिवेशनबाट टुंगो लगाउने शीर्ष तहमा सहमति भइसकेको छ । शीर्ष तहको निर्देशन र निर्णयलाई हामीले मान्नु पर्छ । घुलमिल गरेर देशको मुहार फेर्ने अर्को नयाँ मोर्चामा दुबै पार्टीका नेता तथा कार्यकर्ताहरू लाग्नुपर्छ ।
० केही असन्तुष्टिका स्वरहरू पनि सुनिएका छन् । तपाईलाई जानकारी छैन ?
– केही असन्तुष्टि हुनु स्वभाविक हो । पार्टी एकीकरणमा तलका कार्यकर्तामा मात्रै होइन केन्द्रीय तहमा पनि असन्तुष्टि छन् । व्यवस्थापन नमिलेको भन्ने गुनासा मैले पनि सुनेको छु । तर पनि सबैले सहयोग गर्छन् । दुईवटा पार्टी मिलेकोमा म खुसी छु । एकतापछिको पार्टी र त्यसका नेता कार्यकर्तालाई मिलाएर लैजानुपर्छ । चित्त नबुझेका कुरालाई पार्टीभित्रै उठाउँदा राम्रो हुन्छ ।
० कर्णाली प्रदेश अर्थात प्रदेश नं. ६ का थुप्रै नेता सिनियर नेताहरू पार्टी एकीकरणका बेला जिम्मेवारीमा पर्नु भएन भन्ने सुनिएको छ हो ?
– हो । मभन्दा पनि सिनियर धेरै नेताहरू कर्णाली प्रदेशमा हुनुहुन्छ । उहाँहरू छुट्नु भएको छ । उहाँहरूलाई केन्द्रीय नेतृत्वले छुटाएको भनेर आलोचना भएको छ । जनयुद्धको विशेष भूमि भएको कर्णाली प्रदेशलाई बेवास्ता गर्दा त्यहाँका कार्यकर्ताको मन दुख्नु स्वभाविक हो ।
० निर्वाचनका बेला तपाईले जनतालाई के–के काम गर्छु भनेर बाचा दिनुभएको छ ?
– मैले प्रतिनिधित्व गर्ने जाजरकोट जिल्ला दुर्गम हो । त्यहाँको जनताका धेरै ठूला माग छैनन् । खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, बाटोघाटो, बिजुली र रोजगारीको आसा गरेका छन् । मैले पनि जनताको आवाजअनुसार काम गर्ने हो । स्थानीय जनताका मागअनुसार मैले काम गर्न थालेको छु । प्रदेश सरकारबाट नीति तथा कार्यक्रम बनेका छन् । त्यसलाई कार्यान्वयन गर्नेछु । स्थानीय जनताका माग मेरा योजना हुन् । त्योभन्दा धेरै केही छैन । तर, आगामी पाँच वर्षभित्र जाजरकोट जिल्लामा रोजगारी सिर्जना हुने गरेर काम अगाडि बढाउने सोँच बनाएको छु । कामहरू सुरुवात गरेको छु । जाजरकोटको सबैभन्दा ठूलो समस्या गरिवी नै हो । अशिक्षा हो । यसलाई अन्त्य गर्नुपर्छ । यी विषय मेरा लागि चुनौतीपूर्ण छन् । गर्न नसकिने भने होइन ।
० जाजरकोट जिल्लालाई गरिवीबाट मुक्त गराउन कुनै उपाय छ कि ?
– उपाय धेरै छन् । पाँच वर्षमा धेरै गर्न सकिन्छ । जाजरकोट जिल्लामा भर्खरै भेरी नदीमा ¥याफ्टिङ सुरु भएको छ । यो पनि पर्यटनको सानो सुरुवात हो । जिल्लाको टालेगाउँमा काइनेटिक ढुंगा पाइन्छ । यसको उत्खनन् पनि भइरहेको छ । ठेकेदारहरूले जथाभावी रुपमा उत्खनन् गरिरहेका छन् । यसलाई व्यवस्थित बनाउने हो भने राजश्व पनि उठ्छ । रोजगारी पनि सिर्जना हुन्छ । हामी जनयुद्धका बेला जनमुक्ति सेनालाई काइनेटिक ढुंगा बिक्री गरेर पालेका थियौँ । काइनेटिक ढुंगा बिक्रीबाट अर्बौ रुपियाँ कमाइ हुन्छ । कृषिको आधुनिकीकरण, पर्यटन आदि विषयलाई योजनाबद्ध रुपमा अगाडि बढाउनुपर्छ ।
० कर्णाली प्रदेशको मुख्यमन्त्रीले प्रदेश सांसदको कुरा सुन्नु हुन्न भन्छन् नि ?
– त्यस्तो होइन । उहाँले हाम्रा कुरा सुन्नु हुन्छ । सांसदको कुरा नसुनेर एक्लै काम गर्ने अवस्था छैन । प्रदेशमा राम्रोसँग संयोजन र सरसल्लाह भइरहेको छ । प्रदेशमा हामीलाई समस्या छैन ।
० गाउँपालिका र प्रदेश सांसदको सम्बन्ध कस्तो छ ?
– प्रदेश सांसद र गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरूबीच धेरै नै समस्या छन् । स्थानीय तहका जनप्रतिनिधिहरूले प्रदेश सांसदसँग सल्लाह नै नगरेर काम गर्नुहुन्छ । हामीलाई केही कुरा सोध्नु हुँदैन । एक वर्ष भयो स्थानीय तहको निर्वाचन भएको । उहाँहरू र हामीबीच सम्बन्ध सुधार हुन सकेको छैन । यो समस्या जाजरकोटको मात्रै होइन देशभरिकै समस्या हो । यसलाई कसरी मिलाएर जाने भन्नेबारेमा चिन्तित छौं ।
० संघीय सांसद र प्रदेश सांसदबीच केही समस्या छ कि ?
– त्यस्तो केही समस्या छैन । बरु केन्द्रीय सरकारले प्रदेश सरकारलाई जति अधिकार दिनुपर्ने हो त्यो दिएको छैन ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_Ho9gjsbCj3_3ezwtbef3jm17ex6fi9cnsu5uhjat9jkp7lhcrffkbdn0ic8kfqkmxn8i4gv.jpg)
प्रतिक्रिया