प्रचण्डले किन मन पराएनन् धुम्वराहीे कार्यालय ?

काठमडौं । नेपाल कम्युनिस्ट पार्टी अण्डरलाइनका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण भएपनि समानान्तर गतिविधि गर्दै आएको भनेर प्रधानमन्त्री केपी ओली रिसाएका छन् । प्रचण्डले आफू निकटका नेताहरूसँग दिनहुँ खुमलटारस्थित निवासमा भेटवार्ता गर्न थालेपछि ओली असन्तुष्ट बनेका हुन् ।
ओलीले राजनीतिक भेटघाट र पार्टीका कामहरू धुम्वराहीस्थित तत्कालीन एमालेको पार्टी केन्द्रीय कार्यालयबाट गरुन् भन्ने इच्छा राखेका छन् । तर, प्रचण्डले भने धुम्वराहीको कार्यालय जान मन गरेका छैनन् । प्रचण्ड पेरिसडाँडास्थित पुरानो माओवादीको केन्द्रीय कार्यालयमा जाने गरेका छन् । भर्खरै पार्टी एकीकरण भएकाले प्रचण्डलाई चिढ्याइ हाल्ने अवस्थामा ओली छैनन् । तर, प्रचण्डका गतिविधिहरूलाई नियन्त्रण गर्ने पक्षमा आफू रहेको भनेर ओलीले संकेत दिइसकेका छन् ।
स्रोतका अनुसार आफ्नो सचिवालयमार्फत ओलीले प्रचण्डलाई सार्वजनिक कार्यक्रमहरूमा जाँदा होस् वा जिल्ला भ्रमणमा जाने बेला आफूसँग अनुमति लिएर मात्रै जान सन्देश खुमलटारलाई पठाएका छन् । घुमाउरो भाषामा प्रचण्डलाई पूर्वस्वीकृत लिन ओलीले निर्देशन दिएपछि वातावरण केही असजिलो भएको छ ।
प्रधानमन्त्री ओली तत्कालीन माओवादीका कुनै पनि कार्यक्रममा अहिलेसम्म गएका छैनन् । तत्कालीन माओवादीका कार्यक्रमहरूमा ओलीले प्रचण्डलाई नै पठाउने गरेका छन् । वेपत्ता दिवस होस् वा कृष्ण सेन इच्छुकको स्मृति दिवस होस् यस्ता कार्यक्रमहरूमा ओली गएनन् । बरु दोस्रो तहका नेताहरूलाई पठाएर ती कार्यक्रमहरू आफूलाई स्वीकार्य नरहेको सन्देश दिएका छन् । प्रचण्डले अहिले पनि आफ्ना गतिविधिहरूलाई अलग सचिवालय खडा गरेर सम्प्रेषण गर्दै आएका छन् । ओलीका गतिविधिहरू भने बालुवाटार र धुम्वराही पार्टी मुख्यालयबाट आउने गरेका छन् । ( यूनाइटेड पोष्ट साप्ताहिक)

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_PSzWZvYpLl_f4dmiz8noibzvekxprle77zrobzy8rozipaxd3vemuipslhhml9zloectyx6.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_FqTFsGlYYi_qathbvhtwvcemibqnqeurrystyx1g180ujdyh9kgjaxijxkakp8n01n3qpxk.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_3mKdhxlxD2_tkogsukvltke2g5ppugblkjtytfxuxe07jdizc3zpxsk2huybpijzim1dnvn.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_T4EuotlKiZ_4czwala1tjxesh0yv2i7kc6xsgssvl9ciuryrisedoxwzrhgkaxwjg6qlsxy.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_ax3kwlwnDm_g4b0hbuqjlfi9eqmmfd1bwwzmgth6cuou55k9hqzzw8e57lgshzw3svuxrzo.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया