ढुंगेल रिहा, अन्तराष्ट्रिय अदालत जाने सावित्रीको चेतावनी

dhungelriha

dhungelriha

 काठमाडौं । हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद तोकिएका बालकृष्ण ढुंगेललाई सरकारले कैद मिनाहा गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले ढुंगेलको बाँकी कैद मिनाहा सम्बन्धी सरकारी निर्णयको सक्कल फाइल माग गरे लगत्तै  मन्त्रिपरिषद्ले सोमबार राति ११ बजे कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

 गणतन्त्र दिवसका अवसर पारेर सरकारले ढुंगेललाई मंगलबार रिहाइ गरेको हो । डिल्लीबजारमा जम्मा भएका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता र आफन्तले ढुंगेललाई स्वागत गरेका थिए । गृहमन्त्रालयको प्रस्तावमा सरकारले बाँकी कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

 ढुंगेललाई रिहाइ गर्ने सरकारको निर्णयको चौतर्फी विरोध हुँदै आएको थियो । तर, सरकारले कुनै सुनुवाइ गरेन । जेलबाट निस्किएपछि ढुंगेलले सरकारको निर्णयप्रति खुसी वा दुखी केही पनि नभएको प्रतिक्रिया दिएका छन् ।

 अर्कोतिर मृतक उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले अदालतले अपराधी करार गरी जेल हालेका बालकृष्ण ढुंगेललाई आम माफी दिँदै जेलमुक्त गराएर सरकारले आफु र आफ्नो परिवारलाई असुरक्षाको घेरामा राखेको बताएकी छन् । उनले हत्यारालाई कानुनी कठघरामा ल्याउन अन्तर्राष्ट्रिय अदालत जाने पनि वताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन