माओवादी हेर्डक्वाटरको सहयोगमा नारायणकाजीमाथि रचियो यस्तो षडयन्त्र

काठमाडौं । नयाँ शक्तिका नेता बाबुराम भट्टराई र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठवीच गोरखा दुई नम्बर हुन लागेको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । त्यहाँ नारायणकाजीलई हराउन माओवादी केन्द्रभित्रै अर्को षडयन्त्र बुन्न थालिएको बताइएको छ । माओवादी हेर्डक्वाटरसमेतको सहयोगमा षडयन्त्र शिकार नारायणकाजी श्रेष्ठ हुने आशंका छ । वामगठबन्धनमा आएका बाबुराम भट्टराई गोरखा दुई नम्बर क्षेत्र छोड्न चाहन्थेनन् । र, माओवादी पनि गोरखाका दुवै क्षेत्र छोडन चाहन्थेन, त्यसको रस्साकस्सीले भट्टराई गठबन्धनबाट बाहिरिए ।
त्यसपछि माओवादीका नेता बर्षमान पुन नारायणकाजी श्रेष्ठविरुद्ध देखा परे । पुन र उनका निकटहरु अहिले श्रेष्ठलाई जसरी पनि गोरखामा हराउने खेलमा लागेको स्रोतको दावी छ । श्रेष्ठलाई गोरखामा हराएको अवस्थामा पार्टीभित्र श्रेष्ठको हैसियत कमजोर हुने र आफ्नो हैसियत बलियो बनाउन पुन लागेको स्रोतको दाबी छ ।
प्रचण्डका कार्यालय सहयोगी भएर काम गरेका चुडामणि खड्का गोरखाको इञ्चार्ज छन । उनी नै अहिले श्रेष्ठलाई हराउन सक्रिय भएको खबर छ । हुन पनि रोल्पाबाट पुनले निर्वाचन जित्ने अवस्था छ । श्रेष्ठले जितेको अवस्थामा माओवादीभित्र पुनभन्दा श्रेष्ठ हावी हुने अवस्था बन्छ । माओवादीमा प्रचण्डको स्वघोषित उत्तराधिकारी बनेका पुन अहिले कृष्णबहादुर महरा र श्रेष्ठविरुद्ध खनिन थालेका हुन् ।
महरालाई दाङ लखेट्न सफल भएका पुन अहिले दाङमा महरालाई हराउने खेलमा पनि लागेको चर्चा दाङमै सुनन थालिएको छ । दाङ २ बाट चुनाव लड्न लागेका महराविरुद्ध पुनले रोल्पाबाट झरेका माओवादीमार्फत खेल सुरु गरिसकेको आरोप छ ।
पहिला एमालेका नेता शंकर पोखरेललाई क्षेत्र नछोड्न उचालेका पुन पोखरेल मुख्यमन्त्रीका रुपमा अघि सरेर प्रदेशमा झरेपछि महराले प्रतिनिधिसभामा टिकट पाउन लागेका हुन । महरा र श्रेष्ठलाई हराएको अवस्थामा आफु पार्टीभित्र हावी हुन सक्ने पुनको बुझाइ छ । प्रचण्डसंग मिलेर पुन अहिले माथिल्लो तहका केही नेताहरुलाई हराउने खेलमा लागेको आरोप छ । नेपाल समाचारपत्रबाट

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_OanCcvSanx_5cylqhwezcruaq1ccj75rype7hlihnc84p9b9xbvlagvwvzr3f6t9ds3a5xd.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_N2GAfKgccn_esfqb1sraw5vbygoh0q0jcwj2mquzgqzsrv1mz81sxwhsopti5iahmlgdojx.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_t9k9O8USqW_bw7vx7gqo7h2jv849yw7syteajr7jokdj5sc6vzljtjflfp1i2cz6n9n5zx1.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_JzQJFc9QrD_stjawz7gzqojbrcgkijuqvqvci4hl7izkgpoxbs2cbefmnt4jtc3u6ls8fih.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_CaiL1WOr1K_52k3fspksahmmouryxxo6tui7zofkgcgfa8qa6m3nnkjs5ey7kuu9ft2xce2.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_L4W9c9J8ln_1ux4y9s19lw5uddplxpgnx7pigl8nx3tjvmifmj7ywoleewlqiw0zslcnu1o.jpg)
प्रतिक्रिया