सिअाईबीद्वारा बालकृष्ण ढुंगेल पक्राउ, पुष्कर कार्की भन्छन-थाहा छैन

काठमाडौं । हत्या अभियोगमा सर्बोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको ठहर भई फरार रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।
उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिअाईबी )ले ललितपुुरको सातदोबाटोबाट पक्राउ गरेको वताइए पनि सिअाईबी प्रमुख डिअाईजी पुष्कर कार्कीले भने केही बोल्न चाहेका छैनन् । उनले पक्राउबारे आफुलाई थाहा नभएको माइन्युजनेपालसँग वताए । प्रहरी प्रवक्ता डिअाईजी मनोज न्यौपानेले पनि ढुङगेल पक्राउ परेको पुश्टि गरे । ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा नै जिल्ला अदालतको फैसला ठहर गरेको थियो ।ढुंगेललाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षकविरुद्ध नै रिट दायर भएपछि सर्वोच्चले ढुंगेललाई पक्राउ गरी जानकारी गराउन आदेश समेत दिएको थियो । ढुंगेललाई पक्राउ नगर्न यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै दबाब दिएका थिए । ढुंगेललाई भन्दा पहिले आफूलाई पक्राउ गर्न दाहालले सार्वजनिक चेतावनी समेत दिएका थिए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_DwNgPpgMWc_ed2kbgqo9imvixbykab7g1bqrfydu95whbt73u1kqbdlaqclyj32qqivuztn.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_3euVbxADKk_ikjmqxmty7jgw7hizmhw8yspspmaqfmqgtdw8kr3i70gmrbmqcatlq0thyvw.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_XGEKmFGQ0J_hwnmv2sok9ja2bcbxdr6rngclamczjcx6cwssceu0jdf4lsrjv7c9moudbkt.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_riDsAtVMjS_koqzizeznncu8ayjwf0fddk1vb2k4eh8x2by4szciodyyaytcjm6kaixoa9c.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_TFc8ASobVf_xbhmhijvhdme1pkhqbdlnqjf0rh9yawuobkxyu1bmbyjph2tfdh1opjlpued.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_c5W7kcvBxm_etibry7jdyydkdaejdggo9xul8txtalcwx98jumiulchokx97tl1l3kzxxyv.jpg)
प्रतिक्रिया