सर्वश्वसहित जन्म कैद सुनाईका ढुंगेल पक्राउ

काठमाडौं :
सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजायँ पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले ढुंगेललाई आज विहान करिव ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् । पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा समेत परेको छ ।
यो मुद्दा परे लगतै ढुंगेल पक्राउ परेका हुन् । २०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् । ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न भनेपछि ढुंगेल फरार थिए ।
प्रहरीको खोजी सूचीमा रहेका ढुंगेल मंगलबार बिहान साथीलाई भेट्न भन्दै सातदोबाटोस्थित डेराबाट बाहिर निस्किए लगत्तै पक्राउ ष्रेका हुन् । सिभिल ड्रेसमा रहेका प्रहरीहरुले उनलाई पक्रउ गर्ने वित्तकै ढुंगेलले फोन गर्न खोजेका थिए । तर, प्रहरीले फोन गर्न दिएन ।
ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बस्ने भएपनि ढुंगेल भने सुरक्षाको कारण देखाउँदै सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए ।
ढुंगेल द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशका आधारमा पक्राउ परेका हुन् । उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले ढुंगेल विरुद्ध मुद्दा दायर गरेकी थिइन् । तर, उनी पक्राउ नपरेपछि हालै अधिवक्ता दिनेश त्रिपाठीले उनलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । माओवादी नेताहरुले द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगबाट गरिनुपर्ने भन्दै ढुंगेलको बचाऊ गर्दै आइरहेका छन् ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_DwNgPpgMWc_ed2kbgqo9imvixbykab7g1bqrfydu95whbt73u1kqbdlaqclyj32qqivuztn.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_3euVbxADKk_ikjmqxmty7jgw7hizmhw8yspspmaqfmqgtdw8kr3i70gmrbmqcatlq0thyvw.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_7mZSMzO9iI_a6bwuusxkx6sxnclbchbchsgtuzb4svowt9m4jogyt0vcje36vrzkb5br6gh.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_riDsAtVMjS_koqzizeznncu8ayjwf0fddk1vb2k4eh8x2by4szciodyyaytcjm6kaixoa9c.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_TFc8ASobVf_xbhmhijvhdme1pkhqbdlnqjf0rh9yawuobkxyu1bmbyjph2tfdh1opjlpued.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_c5W7kcvBxm_etibry7jdyydkdaejdggo9xul8txtalcwx98jumiulchokx97tl1l3kzxxyv.jpg)
प्रतिक्रिया