वीरेन्द्र बने अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको अध्यक्ष

birendraकाठमाडौं । नयाँ शक्ति पार्टी अन्तरगर्त अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको दोश्रो अधिवेशनले वीरेन्द्र नेगीको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको छ । आइतबार क्वालालम्पुरमा भएको अधिवेशनले समाजको प्रमुख सल्लाहकारमा नरबहादुर पुन, वरिष्ट सल्लाहकारमा भानुभक्त देवकोटा सल्लाहकारमा नरबहादुर सुनार, चन्द्र अधिकारीलाई चयन गरेको छ ।

क्वालालम्पुरमा भेला भएका अन्तर्राष्टिय नेपाली समाजसँग आवद्ध रहेका युवाहरुले बरिष्ट उपाध्यक्षमा होमेश्वर ठाकुर, उपाध्यक्षमा जदु तामाङ, महासचिवमा ईश्वरदेब मुखिया, सचिवमा मिरु गुरुङ,सहसचिवमा बिमलकुमार राना, कोषाध्यक्षमा वर्षात सि क्षेत्रीलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा सन्जीव भुजेल, सन्तोष गुरुङ, श्रवण राई, अमृतकुमार सुनार, लक्ष्मण थापा, दिपलव पुन, राजु गुरुङ, किङ गुरुग, रणकुमार राई चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित