बार्सिलोनाको अपराजित यात्रा जारी, रियललार्इ बराबरीमा रोक्यो

messi

messi
काठमाडौं । स्पेनिस लिग फुटबलमा च्याम्पियन भइसकेको बार्सिलोनाको अपराजित यात्राको कीर्तिमान जारी रहेको छ । १० खेलाडीमा सिमित बार्सिलोनाले यो सिजनको सबैभन्दा चुनौतिपूर्ण खेलमा रियाल मड्रिडसँग बराबरी खेल्यो ।

आइतबार राति सिजनको अन्तिम एल क्लासिकोमा नोउ क्याम्पमा भएको खेल २–२ को बराबरीमा सकिएको हो । खेलको १० मिनेटमै लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, चार मिनेटमै क्रिष्टियानो रोनाल्डोले गोल फर्काएर बराबरी गरे ।

sargio

sargio
४५ औं मिनेटमा सर्जिओ रोबर्टो रातो कार्ड खाएर बाहिरिएपछि बार्सिलोना दबाबमा आयो । तर पनि गोल गर्यो । ५२ औं मिनेटमा लियोनल मेस्सीले गोल गरे । तर रियाल मड्रिडका ग्यारेथ बेलले ७२ औं मिनेटमा गोल गरेर बराबरीमा ल्याए ।

तनावपूर्ण खेलमा रेफ्रीले एउटा रातो कार्ड र आठ वटा पहेंलो कार्ड देखाएका थिए । जारी लिगको ३५ खेलमा ८७ अंकसहित बार्सिलोना शिर्ष स्थानमा छ । बार्सिलोनाले २६ जित र ९ बराबरीका साथ कीर्तिमान राखेको हो । ३६ खेलबाट ७५ अंकको एथलेटिको मड्रिड दोस्रो र ३५ खेलबाट ७२ अंकको रियाल मड्रिड तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन