देउवाका कारण बैठक छाडेर निस्किए पौडेल

ramchandraकाठमाडौं । महामन्त्रीको प्रतिवेदनमा सहमति नजुटेपछि आजका लागि सरेको नेपाली कांग्रेसको बैठकले आज पनि खासै उल्लेख्य निर्णय गर्न नसक्ने देखिएको छ । सभापति शेरबहादुर देउवाले पार्टीको बिधान संशोधनका लागि केन्द्रीय समिति बैठक रोकेर आफु निकट नेतासँग छलफल सुरु गरेपछि आजको बैठकले पनि निर्णय लिन सक्नेमा शंका उत्पन्न भएको हो ।

केन्द्रीय समिति बैठक रोकेर पार्टी कार्यालय सानेपामा देउवाले छलफल शुरु गर्दा नेता रामचन्द्र पौडेल बैठकस्थलबाट निस्किएका छन्। आयतबार ९ बजेदेखि बैठक सुरु भएको हो। पदाधिकारी मनोनयनलगायतका विषयमा कांग्रेसभित्र विवाद देखिएको छ ।

Comments

Top