सडकको खाल्डो पुर्न नसक्ने मेयरको बागदरबार भत्काउने फुर्ती

काठमाडौं । काठमाडौं महानगरपालिका बासी जनताको राम्रो मत पाएर मेयर बनेका विद्यासुन्दर शाक्यले जनताको पक्षमा कुनै पनि काम गर्न सकेनन् । दिन प्रतिदिन अस्तव्यस्त बनेको काठमाडौंको सडकको खाल्डा खुल्डी पुर्न समेत सक्दिन भन्ने मेयर शाक्यले पुरातत्व विभागलाई भने चुनौति दिँदै बागदरबार भत्काउने बताएका हुन् । उनले बागदरबार अस्तित्वमा नै नरहेको भन्दै सोही स्थानमा नयाँ सुविधासम्पन्न भवन निर्माण गरेरै छाड्ने बताएका हुन् ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर शाक्यले अहिले बागदबार भनिएको भवन हरिभवन भएको भन्दै त्यसलाई भत्काएर नयाँ भवन निर्माण गर्ने महानगरपालिकाको औपचारिक धारणा सार्वजनिक गरेका हुन् । यता, जनतालाई परेको समस्याको बारेमा भने उनी देखे नदेखेझै गर्छन् । महानगरिय ट्राफिक महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडकको खाल्डा खुल्डी पुर्न आग्रह गर्दा उनले मानेनन् । जनप्रतिनिधि भएर जनताको पिर मर्का नबुझ्ने शाक्य अहिले ठेकेदारहरुबाट करोडौं असुल्न बागदरबार भत्काएर महानगरपालिकाको नयाँ भवन निर्माण गर्न तम्सिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने–‘बागदरबार भन्ने कुनै समयमा थियो ।
तर दरबार धेरै पहिल्यै भत्किसकेकाले अहिले बागदरबार परिसरमा हरि भवन मात्र बाँकी छ ।’ जुद्ध शमशेरका छोरा हरिशमशेर जवराले आफ्नो लागि बनाएको भवनलाई सबैले बागदरबार भन्दै आएको उनले बताए । ‘यो भवन कुनै ऐतिहासिक दरबार नभएको र १९९० पछि बनेकाले त्यसलाई भत्काएर नयाँ भवन बनाउने योजना अघि सारेको’ शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्राचीन स्मारक संरक्षण ऐनले सय वर्ष नपुगेका भवनहरुलाई पुरातात्विक भवनका रुपमा नमान्ने जिकिर गर्दै उनले भवन भत्काएर नयाँ भवन निर्माण गर्न लागेको स्पष्ट पारे । २०६० साल देखि काठमाडौ महानगरपालिकाले उक्त भवन प्रयोग गर्दै आएको थियो । यसअघि त्यहाँ अर्थ मन्त्रालय थियो । २०७२ बैशाखमा आएको विनाशकारी भूकम्पले भवनमा क्षति पुगेपछि राष्ट्रिय सभा गृहमा महानगरपालिकाले सेवा दिएको थियो ।
तर, अख्तियारले महानगरलाई राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी काम गर्न नमिल्ने भनेपछि जेडिए कम्प्लेक्समा भाडामा कार्यालय सञ्चालन गरिरहेको छ । महानगरपालिकाले भवन पुननिर्माणका लागि पुरातत्व विभाग समक्ष प्रस्ताव पेश गर्दा विभागले महानगरपालिकालाई रेट्रोफिट गरेर भवन प्रयोग गर्न भनेको थियो । अहिले काठमाडौ महानगरपालिकाले १ सय ५० करोडको लागतमा भवन बनाउने प्रस्ताव गरेको छ । महानगरको कार्यापालिकाबाट स्वीकृत गराई निर्माण गरिने मेयर शाक्यले बताए । आधुनिक टावरसहित भवन निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_9HH0qTpuoX_k3bv9qruq0xm53bwzlafusum7fwqdjptjqtnlqnqxf7ufbdbmtzrnsvr9pw6.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_UNDjSLAu2L_f8jvv1mkjiwqf4snzp4mqb6ydfah90gwnkhxcijg1e7u3rlrgsmwqetghdgm.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_b7pgL6SiND_rxg3ir33vnuivqbx0hhtb5pfrjkbaykje1u25cikwyq1ozv5szky2csgqes8.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_kYUz6svreM_8wo04jusm8umidy8wrahoognysdmjdumkvwoaaf8u5howccbdb337vsxfzgc.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_BBS1tSBNdO_cbmqigkmyvc9t9ym9wpzpe7z0jwphxzckqy8urgdwibhmd4emjkekbr2fxdi.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया