पैसा तिर्ने एमाले, नाम राख्ने माओवादीको ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जति नै ठूला कुरा गरेपनि दुई ठूला दल एमाले–माओवादी केन्द्रको पार्टी एकीकरण भताभुङ्ग भएको छ । एमालेका नेताहरूले माओवादी केन्द्रलाई होच्याएर बोर्डमा ‘माके’ शब्दावली लेखेपछि माओवादीका नेताहरू आक्रोशित भएका हुन् ।
एमालेले होच्याएर ‘माके’ भनेर बोर्डमा लेखेको आक्रोश वैशाख ९ गते राष्ट्रिय सभागृहमा देखियो । एमालेले बनाएको बोर्डमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको मात्रै तस्बिर राखेर दुई छेउमा ओली र प्रचण्डको तस्बिर राखिएको थियो ।
बोर्डले नै सबै कुराको झल्को दिइरहेको थियो । एमालेले तयार पारेको त्यो बोर्डमा एमालेको नाम पूरै लेखिएको थियो । तर, माओवादी केन्द्रको नामलाई ‘माके’ भनेर लेखिएको थियो । छोटो रुपमा नाम लेख्नु नै थियो भने एमाले र माओवादी दुबैको लेख्नुपर्ने हो । तर, एमालेले माओवादीलाई धेरै भाउ दिएन ।
हुन पनि एमालेले माओवादीलाई भाउ दिने कुरै थिएन । किनभने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय सभागृह एमालेलाई निःशुल्क उपलब्ध गराएका थिए ।
जबकी राष्ट्रिय सभागृहको भाडा मात्रै एक लाखको हाराहारीमा पर्छ । वैशाख ९ गतेको कार्यक्रमका लागि राष्ट्रिय सभागृहको रजिष्टरमा मेयर विद्यासुन्दर शाक्यको कार्यक्रम भनेर लेखिएको थियो । यो भनेको एमालेले पैसा दिनुपर्दैन भनेको हो भनेर एक कर्मचारीले बताए ।
त्यति मात्रै होइन वैशाख ९ गतेको कार्यक्रमका लागि एउटा क्याटरिङलाई हलभित्रै मञ्च बनाउन लगाइएको थियो । त्यसको पैसा पनि काठमाडौं महानगरपालिकाका मेयर शाक्यले नै व्यहोरेका थिए । शाक्यले यति धेरै रकम कहाँबाट ल्याए भनेर प्रश्न उठ्न थालेको छ । एमालेका एक नेताले भने, ‘कार्यक्रमको व्यवस्थापन गर्ने हामी, मेयर विद्यासुन्दर शाक्यलाई भनेर खर्च गर्न भन्ने हामी, अनि माओवादीले भने जसरी कार्यक्रम गर्नुपर्ने ?’
सबै खर्च आफै गरेको एमालेले माओवादीलाई स्पेस दिएर पूरा नाम लेख्ने कुरा पनि भएन । माओवादीका कार्यकर्ताहरूलाई अपमान भएको महशुस भएपछि होहल्ला गरेर अर्को ब्यानर बनाउन लगाए । पार्टी एकीकरण गर्ने भन्ने तर एमालेका नेताहरूबाट भएको व्यवहारले प्रचण्डको भन्दा पनि आम कार्यकर्ताहरूको चित्त दुखाएका छन् । प्रचण्डले एमालेसँग मिलेर राम्रो पद पाउलान् । तर, माओवादीका लागि ज्यान दिएका कार्यकर्ताका आफन्त र नेताहरूलाई एमालेको अपमान चित्त बुझ्ने छैन ।
कार्यक्रमस्थलमा कार्यकर्तातहमा जस्तो द्वन्द्वको स्थिति सिर्जना भयो, त्योभन्दा ठूलो द्वन्द्व राष्ट्रिय सभागृहभित्र अतिथिहरूका लागि बनाइएको भिभिआइपी कक्षमा ओली र प्रचण्डबीच भएको थियो । दुई जनाबीचको द्वन्द्व र बाझाबाझका कारण झण्डै आइतबारको कार्यक्रम नै स्थगित हुन पुग्यो । लेनिनको फोटो नहुनु र कार्यक्रमका लागि बनाइएको बोर्डमा एमालेका दिबंगत नेताहरूको मात्र फोटो राखिएको विषयले नारावाजी सुरु भएपछि माओवादी पंक्तिले अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेको थियो ।
त्यहाँ सिर्जना भएको रडाकोबारे ओली अनविज्ञ थिए । त्यसैले, उनी कार्यक्रमस्थल पुगे । ओली कार्यक्रमस्थलमा पुगेको जानकारी पाएपछि प्रचण्ड पनि राष्ट्रिय सभागृह पुगे । ओली लगायत संयोजन समितिका सदस्यहरू रहेको भिभिआइपी कक्षमा गए, ओलीलाई भेटे । प्रचण्डलाई देख्नासाथ ओलीले आक्रोस पोखे, ‘त्यो बोर्ड किन निकालियो ? त्यही ब्यानर नराख्ने हो भने कार्यक्रम हुँदैन । म हिँड्छु ।’ विवादास्पद बनेको त्यो बोर्ड ओली राष्ट्रिय सभागृहमै रहेका बेला निकालेर भुइँमा राखिएको थियो ।
ओलीले प्रचण्डसँग चित्त दुखाए, ‘पुष्पलालको फोटो भुइँमा राखेर म कसरी भाषण गर्नसक्छु ? मनमोहन अधिकारी र मदन भण्डारीको अनुहार देख्दा तपाईंहरूलाई किन रिस उठ्छ ?’
ओली आक्रोसित रुपमा पेश भएपछि प्रचण्डपनि त्यही शैलीमा प्रस्तुत भए । ‘संयुक्त कार्यक्रम भनेपछि त्यसै अनुसार गर्नुपर्छ ।
एमालेका नेताहरूको मात्र तस्वीर राख्ने हो भने तपाईंहरू नै आयोजक बनेर हामीलाई अतिथिको रुपमा बोलाएको भए भइहाल्थ्यो’, प्रचण्डले भने, ‘कार्यक्रम संयुक्त भन्ने, अनि एकपक्षीय रुपमा गर्न खोज्ने ?’ प्रचण्डको जवाफ सुन्नासाथ ओलीले भने, ‘त्यसो भए कार्यक्रम नगरौं।’ यसो भन्दै ओली उठे । ओली उठेपछि प्रचण्डपनि उठे । ओली प्रचण्डबीच बाझाबाझ चलिरहेको बेला उर्जामन्त्री वर्षमान पुनले बोर्ड निकाल्ने काम माओवादी पक्षबाट नभई एमाले नेता कृष्णगोपाल श्रेष्ठले निकालेको जानकारी ओलीलाई दिएका थिए ।
दुबै नेता उठेपछि अन्योल सिर्जना भयो, कार्यक्रम नै नहुने हो कि भन्ने भयो । उठिसकेका दुई नेतालाई थम्थम्याउने काम उर्जामन्त्री पुनले गरे । ‘तपाईंहरू दुबैजना बस्नुस्’ उठेर हिँड्न लागेका नेताहरुलाई पुनले भने,‘तपाईंहरू पो सेना–प्रहरीको सुरक्षाभित्र हुनुहुन्छ, केही हुँदैन । अरु नेता कार्यकर्ताको के हालत हुन्छ ? जनताले हामीलाई के भन्छन् ?’
पुनले त्यस्तो अप्रिय स्थिति सिर्जना हुनुमा ओली र प्रचण्ड लगायत संयोजन समितिमा रहेका नेताहरूको दोष रहेको बताएका थिए । ‘कार्यक्रम संयोजन समितिले आयोजना गरेको हो, संयोजन समितिमा तपाईंहरू हुनुहुन्छ’ पुनले भने, ‘कार्यक्रम गर्ने भनेपछि कस्तो ब्यानर बनाउने, क–कस्ले बोल्ने भन्ने छलफल हुनुपर्दैनथ्यो ?’
पुनले कार्यक्रम भाँडिए अप्रिय स्थिति सिर्जना हुने र संयोजन समितिको त्रुटिका कारण त्यो परिस्थिति सिर्जना भएको बताउँदै छुट्टै बोर्ड बनाएर कार्यक्रम गर्नुपर्ने प्रस्ताव पनि गरेका थिए । त्यसपछि बरिष्ठ नेता नेपालले कार्यक्रमस्थलमा रहेको बोर्डलाई यथावत राखेर माओवादी केन्द्रको तर्फबाट अर्काे बोर्ड बनाएर ल्याएपछि कार्यक्रम सुरु गनुपर्ने प्रस्ताव राखे । त्यसमा सबैले सहमति जनाए । त्यसपछि माओवादी केन्द्रीय कार्यालयका सचिव प्रल्हाद बुढाथोकीलाई बोर्ड बनाएर ल्याउन भनियो । करिव ३ घण्टापछि बोर्ड बनाएर ल्याइयो र कार्यक्रम सुरु भएको थियो । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_oydziprRKc_ze8i9mehlpseggdlm06rtyblrcmhdkrqzcnby61yzwr4sbxuq67qdffimhc3.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_1QsJ38naVn_qlemp0zofuvr7azw5e4xej9ysxdrni54l04hg5f3iurtqcrqxtkduvy49nle.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_BYTb6K0w3g_nqgggkdbje0ikfqivq4kf4erdwm9itbqfvd6wtqzd6gbaqm9oswc59bp6dnm.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_3s4PKF8FzF_wzgyooqlvvxkbxepaobeicdxhoh62x8ehfpyhp0ns7ita2rkg9x8mnloqzys.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_5XlecoiG3z_np190vdm5weqa1ddaylbmmsi2mxprgxlqxwzidxesdcbrqymh1rqtvlbjity.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_aMaeIwfLSM_icl0iyo2djpi8ian5ftsxtjoi4hwcy2pd81lncrct2igag3hndolppew7at8.jpg)
प्रतिक्रिया